कैलालीको गौरीगंगामा माओवादी केन्द्रको नगर भेला सम्पन्नः ९९ सदस्यीय कमिटी निर्वाचित

वडा भेला गर्ने निर्णयः संघर्षमा जोड

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को नगर भेला तथा प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नगर भेलाले प्रेम बुढाको अध्यक्षतामा ९९ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।

गौरीगंगा नगरपालिकाको वडा नम्बर १ चौमाला स्थित मौन्यालमा नेकपा (माओवादी केन्द्र)द्धारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमबाट उक्त कमिटी निर्वाचित भएको हो ।

निर्वाचित कमिटीको सचिवमा विजय चौधरी र कोषाध्यक्ष रेखा नेपाली लगायत रहेका छन । निर्वाचित कमिटिको पहिलो बैठकले वडा तहमा पार्टी कमिटि निर्माण गर्ने, राज्यको जनविरोधी हर्कतका विरुद्ध विरोध कार्यक्रम गर्ने लगायतका निर्णयहरु गरेको छ ।

माओवादी केन्द्रका युवा नेता जगत आउजीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यता तथा सुदुरपशिम प्रदेश समिति संयोजक लोकेशको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु शोभा आचार्य, रतन बिक, प्रदेश सदस्यहरु लोकेन्द्र आचार्य, भिम बहादुर बिक, प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष डम्मर बुढा लगायतको समेत आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रमबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला तथा स्थानीय स्तरका दर्जनौ नेता, कार्यकर्ताहरु समेत माओवादी केन्द्रमा धु्रबिकृत भएका थिए ।

नव प्रवेशी नेता कार्यकर्ताहरुले माओवादी केन्द्र जनताको विचार बोकेको पार्टीका रुपमा अघि बढेको हुनाले आफुहरु धु्रबिकृत भएको बताएका थिए ।

सयौं नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको उक्त भेलामा माओवादी केन्द्रका उपाध्यक्ष ढकाल, प्रदेश संयोजक लोकेश, केन्द्रीय सदस्य रतन लगाएतले राजनैतिक वैचारिक प्रशिक्षण दिएका थिए ।