विभिन्न स्थानबाट लागूऔषध सहित चार जना पक्राउ

प्रहरीद्धारा आवश्यक अनुसन्धान हुँदै

रुकुम । सप्तरी, सुरुङ्गा नगरपालिका १ बाट नियन्त्रित लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाइजेपाम ६ एम्पुल र फेनारगन १२ एम्पुल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रविन दाहाल र उदयपुर त्रियुगा नगरपालिका ६ जलजले बस्ने २२ वर्षीय शहिद अली रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो

त्यसैगरी रुकुम (पूर्व)को भुमे गाउँपालिका ५ वालुवाबाट प्रहरीले अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ८ किलो २ सय ग्राम सहित २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने यज्ञ वहादुर खत्री र पुथा उत्तरगंगा गाउँपालिका ८ गराली कोलवोट बस्ने २६ वर्षीय जीवन भन्ने सुसन वोहरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटिएको प्रहरीले खत्रीको घर खानतलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।