जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवः काठमाडौंमा भव्य रुपमा सम्पन्न

कला संस्कृतिको विकासमा जोड

काठमाडौँ । चीनमा जनगणतन्त्र स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा नेपालमा समेत भव्य कार्यक्रम गरिएको छ । राजधानी काठमाडौंमा हिजो जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं बर्ष पुगेको अवसरमा त्यस्तो कार्यक्रम गरिएको हो ।

बिहीवार काठमाडौं स्थित चाइना कल्चर सेन्टरको आयोजनामा उक्त अवसरमा वृहत सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारी, चीनीया राजदूत हौ यान्छ, हुनान प्रान्तका संस्कृति तथा पर्यटन विभागका अन्वेषक ख वेइमियाआ लगाएतले नेपाली नागरिकको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे ।

नयाँ चीन स्थापना भएपछि गरिबीनिवारणमा पाएको सफलता र अनुभव नेपालले पनि अवलम्बन गर्नुपर्ने उनले बताए । चीनको हुनान प्रान्त प्राचीन कला, संस्कृति र सभ्यतासँगै आधुनिक विकासमा अघि बढेकोले नेपाल जस्तो बहुसांस्कृतिक देशले पनि अनुशरण गर्न योग्य रहेको उल्लेख गरे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चीनीया राजदूत हौ यान्छी लगाएतले नेपालमै मनाइएको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको विचार व्यक्त गरिन् ।

चिनिया कलाकारहरु नेपाल आएर र नेपालका कलाकारहरु चीनमा गएर कला प्रदर्शन गर्दा दुई देशबीच सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान पुगेको उनले बताइन् ।

सांस्कृतिक र प्राकृतिक रुपमाधनी रहेको हुनान प्रान्तका कलाकारहरु यहाँ आएर प्रदर्शन गर्दा सिंगो हुनान नेपाल आएको अनुभव भएको उनले बताइन् ।

जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव लगत्तै नेपालमा पनि महान चाड दशैं आउने भएकोले दुवै पर्वको अवसरमा उनले शुभकामना व्यक्त गरिन् ।

हुनान प्रान्तका संस्कृति तथा पर्यटन विभागका अन्वेषक ख वेइमियाओले जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवकाअवसरमा सम्पूर्ण नेपालीमा हुनानका नागरिकको तर्फबाट शुभकामना व्यक्त गरे । उनले नेपाल स्थित चिनिया सांस्कृतिक केन्द्रसँग मिलेर हुनानप्रान्तले संस्कृति आदान प्रदान काकार्यक्रम सुरु गरेको बताए ।

जनवादी गणतन्त्र चीनका महान नेता माओ जन्मेको ठाउँ भएको र सांस्कृतिक तथा प्राकृतिक रुपमापनि समृद्ध प्रदेश भएकोले नेपालीहरुलाई हुनान घुम्न आउन उनले आग्रहपनि गरे । आर्मी अफिसर्स क्लबमा आयोजित भव्य कार्यक्रममा चीनको हुनान प्रान्तको कला, संस्कृति, लोक वाजा सहितको सांस्कृतिक प्रस्तुती पनि देखाइएको थियो ।

हुनान सङ एण्ड डान्स थिएटर कम्पनी लिमिटेड र हुनानपपेट एण्ड स्याडो आर्ट प्रोटेक्सन एण्ड इनहेरिटेन्स सेन्टरका कलाकारहरुले विभिन्न किसिमका नृत्य, वाद्यवादन, कलातथा खेलकुद प्रदर्शन गरेका थिए ।

जसमा ‘ब्रिलियन्ट डान्स स्याओस्याङ’नामक समूहिक नृत्य, ‘ब्लोसम इन द इष्ट नामक समूह नृत्य, ‘लभ इनहुनान’ नामक सोलो बासुरी बादन, ‘हुक हुक अम्रेला’ नामकम्याओ जातिको सांस्कृतिक नृत्य, ‘द मुनलाइट फेरी’ नामकपोपेट शो, ‘ह्वाट द पिपा सेज’ र ‘गिभ यु अ रोज’ नाम कपिपानामक चिनिया पुरानो बाजाको सोलो वादन प्रस्तुति, ‘हुआयाओ वमन’नामक नृत्य, ‘जस्मीन फ्लावर’ र ‘हर्स रेस’ नामकचिनिया पुरानो वाद्ययन्त्र अर्हुको सोलो वादन प्रस्तुति, ‘वेभिङ एण्ड सिङ्गिङ’ नामकथुच्यानामक आदिवासीजातिको परम्परागत नृत्य आदि प्रस्तुत गरिएको थियो ।

चिउथाओउ नामककलाकारले ‘स्काई रोड’ चिनियागीत र ‘तिरिरी मुरलीबज्यो…’ नेपालीगीतगाउँदादर्शकहरुले हुटिङ गरेकाथिए । यसैगरी ‘अल्टिमेट फुटबल’ नामक फुटबलको चामत्कारिक कला देखाउँदा र ‘फेस चेन्जिङ’कला देखाउँदादर्शक आश्चर्य चकितबनेकाथिए ।

सो कार्यक्रमलाई हुनानपर्फर्मिङ आर्ट ग्रुपले आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल स्थित चाइनाकल्चर सेन्टर र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागले संयुक्त रुपमा प्रायोजन गरेका हुन् ।