अब्यवस्थित वसोबासः समस्या र समाधानबारे कैलालीमा माओवादी केन्द्रद्धारा अन्तर्क्रिया

अधिकार प्राप्तिका लागि संघर्षमा जोड

कैलाली । नेकपा (माओवादी केन्द्र) कैलालीले लम्किचुहा नगरपालिका अन्तरगत राजीपुरमा ‘अव्यवस्थित बसोबासको समस्या र समाधान’ का विषयमा वृहत अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

माओवादी केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अगुवा, समाजसेवी, स्थानीय नागरिक तथा बुद्धीजिविहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक अभियन्ता समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले राज्यको गैह्र जिम्मेवारीपनका कारण नागरिकहरूले दुख पाएको बताए ।

नेता ढकालले संघर्ष बिना अव्यवस्थित बसोवासको समस्या हल गर्नमा वर्तमान सरकार तयार नहुने भन्दै संघर्षका लागि तयार हुन आह्वान समेत गरे ।

त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का सुदुरपश्चिम प्रदेश संयोजक लोकेशले अधिकार प्राप्तिका लागि संघर्ष अनिवार्य सर्त रहेको भन्दै वर्तमान जनविरोधी सत्तालाई ठेगान लगाउनुपर्ने बताए ।

संयोजक लोकेशले कैलालीका सबै अब्यवस्थित बसोबासको समस्या भोगिरहेका जनताहरूलाई यहि १५ गते लम्किमा जम्मा भएर राज्यलाई सचेत बनाउन आह्वान गरे ।

उनले आफ्नो पार्टी समाजमा रहेका सबै प्रकारका समस्याहरूको विषयमा जनताको साथमा रहेर समाधान खोज्न तयार रहेको भन्दै संघर्षको विकल्प नभएको प्रष्ट पारे ।

ऊक्त कार्यक्रममा दर्जनौको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सुकुम्बासी संगठनका नेता हिरा देवकोटाले गरेका थिए ।

कार्यक्रमसँगै राजीपुर क्षेत्रको स्थानिय समस्याहरूबारे छलफलका लागि भिम रावललाई नेतृत्वकर्ताको रूपमा जिम्मेवारी दिइएको नेता देवकोटाले बताएका छन ।