श्री मावि कैलालीको अभिभावक भेला सम्पन्न

गुणस्तरिय शिक्षामा जोड

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. ४ ढोढरपुर स्थित श्री माध्यामिक विद्यालय कोटातुल्सीपुरमा आज अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर बमको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका सामाजिक बिकास समितिका संयोजक जयरुप खतिवडा रहेका थिए।

त्यसैगरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नं. ४ का अध्यक्ष पुरन सिंह बिसी, गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट, गाउँपालिका शिक्षा शाखा सहायक प्राबिधिक निरिक्षक नन्दलाल कर्ण लगायत रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै सामाजिक बिकास समिति संयोजक खतिवडाले शिक्षामा गुणस्तरीयता ल्याउन आवस्यक रहेको बताए ।

युवाहरू बिदेसिनुको प्रमुख कारण शिक्षाको कमि भएको समेत उनले बताए ।

शिक्षामा सरकारले लगानी बढाए पनि अभिभावक शिक्षित नभएकोले छोराछोरीबीच भेदभाव रहेको समेत उनले बताए ।

सरकारी स्कुलमा पढाई हुदैन भनि छोरालाई निजि र छोरीलाई सरकारी स्कुलमा पढ्न पठाई छोरीको मनस्थिति बिगार्ने गरेको उनको भनाइ थियो ।

निजि स्कुलमा पढनेले मात्र नभई सरकारी स्कुलमा पढनेले पनि डक्टर ,पाईलट, ईन्जीनियर आदि बन्न सक्ने भएकोले सरकारी स्कुललाई बढि प्राथमिकतामा राखेर आफ्ना छोरा छोरीलाई सरकारी स्कुलमा पढ्न पठाउनु गर्नेमा उनको जोड थियो ।

त्यस्तै गरिबिकै कारण पढ्न नपाएका बालबालीकालाई स्थानिय सरकरले पठनपाठनको जिम्मा लिन उनले आग्रह गरे ।

विद्यालयका प्रअ ताराप्रसाद जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा वडा नं.४ का वडा सदस्य पुस्कर बिक, मुडा बजार व्यवस्थापक समितिका अध्यक्ष मिथुन गौतम, शिक्ष प्रेमि तथा समाजसेवी तेजप्रसाद मल्ल विद्यार्थी अभिभाव लगाएतको उपस्थिती रहेको थियो ।

विद्यालयका सहायक प्रअ विष्णुप्रसाद कठरीयाले आर्थिक वर्ष ०७५/०७६ को १ करोड २६ लाख २२ हजार १ सय ६० रुपैयाँ ४० पैसा बराबरको आर्थिक आय व्यय प्रतिबेदन प्रस्तुत गरे ।

कार्यक्रमको संचालन सहायक शिक्षक दिपक प्रसाद भण्डारीले गरेका थिए ।