विस्मृति रोग(अल्जाईमर)-लक्षण र सामाजिक समस्याः निराकरणका महत्वपूर्ण उपायहरुबारे चर्चा

माया, सद्भाव र बिरामीको स्याहार आवश्यक

अलजाइमर डिजिज इन्टरनेशनलले यस वर्ष “Let’s talk about dementia: End the Stigma” नेपालीमा ‘विस्मृति रोगवारे चर्चा गरौं, हेय भावना अंत गरौं’ भन्ने नारा सहित २६ औं विश्व अल्जाइमर चेतना दिवस, २१ सेप्टेम्वर (World Alzheimer’sAwareness Day) लाई सेप्टेम्बर महिनाभरिअलजाइमर महिनाघोषणा गरि मनाउंदै छ । एक्काईसौं शताव्दीपछि मात्रै नेपालमा बिर्सिने रोगलाई सामाजिक र जनस्वास्थ्य समस्या भनेर बिभिन्न सामाजिक कार्यक्रमहरुमा समावेस गरियो । यस रोगलाई सामाजिक समस्याकारुपमा अत्यन्त कम मात्रामा नेपाली जनताले चिन्न र व्यक्तगर्न थाले । सामाजिक डरको कारणले गर्दा यो रोग सीमित परिवार भित्र मात्र रही बाहिर अरुले केही भन्छनकी भन्ने डरले उल्लेख गरिएन । यस रोगलाई चिन्ने नत सरकारको कुनै कार्यक्रम थियो न त कुनै नियमहरुनै थिए । अरु संस्थाहरुमा पनि यस रोगलाई चिन्ने र निराकरणगर्ने कुनै नियमहरु थिएनन् । अलजाइमर रोग यसरी अत्यन्त थोरै परिवारहरुमा मात्र सीमित हुनाले समाजमा यसको उल्लेख सीमितरुपमा मात्र हुन्थ्यो । यस रोग र यस बाट हुने सामाजिक परिणामहरुका भयले यस्लाई ठूलो सामाजिक समस्याको रुपमा लिईन्थ्यो । नेपाल सरकारले भर्खरै मात्र यस रोगलाई अत्यन्त सामाजिक समस्याको रुपमा स्वीकार गरेर यसको निराकरणको लागि आर्थिक र औषधोपचार सम्वन्धि कार्यक्रम संचालनगर्न थालेको छ । 

नेपाल सरकारबाट बिर्सिने रोगको निः शुल्क उपचारका लागि एक लाख रुपिंयां तोकिएको र सोको उपचार स्वास्थ्य मन्त्रालयले तोकेको त्रिभुवन बिश्वबिद्यालयको शिक्षण अस्पताल, पाटन एक्याडेमी अफ साईन्सेज, काठमाडौं स्थित नेशनल एक्याडेमी अफ मेडिकल साईन्सेस र धरान स्थित बीपी कोईराला अस्पतालबाट उपचार गर्नुपर्ने व्यबस्था गरेको छ । यद्यपि यस रोगको पूर्ण उन्नमुलनका लागि यो थोरै रकम मानिएला तर यस रोग नियन्त्रणका लागि सरकारको यो पहिलो पाईलालाई यस रोगबाट पीडित जनताका उपचारका लागि अती महत्वपूर्ण र प्रशंसनीय कार्य मानिएको छ । स्वास्थ्य विभागका अनुसार यी तीन आर्थिक बर्ष २०१३/१४, २०१४/१५, २०१५/१६ भित्र ९ जना यस रोगका बिरामीलाई सरकारी उपचार प्राप्त भएको छ । यस रोगलाई उपचारगर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकहरुलाई समेत सेवा प्रदानगर्दै आएको छ । यस मन्त्रालयले यस रोगको निराकरणको लागि सेवागर्ने व्यक्तिहरुलाई गैह्र सरकारी संस्थाहरु मार्पत तालिम समेतको व्यबस्था गर्दै आएको छ ।

काठमाडौं उपत्यका भित्र Alzheimer’s and Related Dementia Society, Nepal (ARDS Nepal) बिर्सिने रोग सम्बन्धी ज्येष्ठ नागरिकहरुको अध्ययन गरेको छ । नेपालमा केही गैह्र सरकारी संस्थाहरु बिर्सिने रोग सम्बन्धी कार्यहरुमा संलग्न छन् । डिमेन्सिया तथा बिर्सिने रोगमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले शुरूका दिन देखिनै काम गरिरहेको छ भने केही बर्ष देखि ARDS-Nepal, Ageing Nepal, होप हर्मिटेज, हार्मोनि होम केयर समेतका संस्थाहरुले यस क्षेत्रमा राम्रो काम गरेका छन् भन्दा अत्युक्ति नहोला । लडिमेन्सियाका बारेमा जन चेतना जगाउनु र यसका रोगिको उपचारमा संलग्न व्यक्तिहरुलाई सहयोग पुर्याउंदै आएको छ । ARDS,Nepal ले काठमाडौं, धरान र पोखरामा मेमोरि क्लिनिक संचालन गरेको छ । माथि उल्लेखित सस्थाहरुले बिर्सिने रोग डिमेन्सिया सम्बन्धी जन चेतना जगाउने काममा रेडियो, टेलिभिजन, पत्र पत्रिका, अन लाईन लगायतका बिभिन्न Social Media समेत प्रयोगगर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय आँकडाहरुका अनुसार ६५ वर्ष भन्दाकमउमेर समूहका ४ प्रतिशतलाई यो रोग देखिन्छ भने ६५ देखि ७५ वर्ष उमेर समूहका १५ र ७५ देखि ८५ वर्ष उमेर समूहमा ४४ प्रतिशतमा यो रोग देखिन्छ । सरसर्ती हेर्दा अलजाइमर रोग निदानभएकामध्ये ८२ प्रतिशतजतिविरामीहरु ७५ वर्षभन्दा बढी उमेर समूहमा पर्दछन् । हाम्रो देशको परिप्रेक्ष्यमा हालसम्म अलजाइमरका बिरामीहरुको यकिन तथ्याङ्क नभएता पनि ‘अलजाइमर डिजिज इन्टरनेशनल’को प्रक्षेपण अनुसार सन् २०१५ मा यस रोगबाट पीडितको संख्या७८ हजार रहेको छ भने यो संख्या बढेर सन् २०३० मा १ लाख ३४ हजार र सन् २०५० सम्ममा २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ । अलजाइमर एक प्रकारको मस्तिष्कमा लाग्ने रोग हो । यसले मानिसको मस्तिष्कलाई तीव्र रुपमा ह्रास गराउँदछ र अल्जाइमर रोग लागे पश्चात् बिरामीले बढीमा १०–१५ वर्ष भित्रै कसैलाई नचिन्ने अवस्था सृजना हुन्छ । यहाँ सम्मकि, श्रीमान्ले श्रीमीतलाई वा श्रीमतीले श्रीमान्लाई समेत चिन्ननसक्ने जस्तो पीडालाई कल्पनापनिगर्न सकिँदैन तर यो रोगले त्यस्तो नियतील्याउने कुरा सुन्दा जो कोहीको पनि शरीर काम्न थाल्दछ।

अल्जाईमर/Alzheimer-लक्षणहरु

लक्षणहरुको हिसाबले यो रोगका निम्न लिखित तीन अवस्था र सोही अनुसारका लक्षणहरु हुन्छन् ।
क) कम कडा अवस्था (माइल्ड स्टेज)

  • स्मरण शक्तिमा क्रमिक रुपमा गिरावट देखिँदै जानु ।
  • पूर्व जानकारी भएका व्यक्ति÷नातागोता एवं ठाउँहरुलाई चिन्नमा समस्याहुनु ।
  • साविकका कामहरु गर्न आवश्यकता भन्दा धेरै समय लिनु ।
  • गरिरहेको कारोवार÷व्यवसायगर्नमा समस्याहुनु ।
  • क्रमिक रुपमा गलत किसिमका निर्णयहरु गर्दै जानु ।
  • व्यवहार/व्यक्तित्वमा क्रमिक रुपमा परिवर्तन हुँदै जानु ।

ख) अलि कडा अवस्था (मोडरेट स्टेज)

  • मथिउल्लेखित समस्याहरु, क्रमिक रुपमा बढ्दै जानु ।
  • प्रिवार भित्रैका सदस्यलाई पनि चिन्नमा समस्याहुनु ।
  • पढाइ/लेखाइ/गणितमा समस्या देखिँदै जानु ।
  • नयाँ विषय तथा कार्यहरु सिक्नमा समस्याहुनु ।
  • साविकको घरको बाटो बिराउनु÷हराउनु ।
  • एउटै कुरा/काम अनावश्यक रुपमा दोहो¥याई रहनु ।
  • अधिक/अनावश्यक शङ्कागर्नु, नभएको कुरा देख्नु, सुन्नु, अधिक डराउनु, अधिक आवेशमा आउनु ।
  • सामाजिक रुपमा आपत्तिजनक काम/व्यवहार/भाषा प्रयोग गर्नु ।

ग) अति कडा अवस्था (सिभियर स्टेज)

  • मथि उल्लेखित लक्षणहरु क्रमिक रुपले अरु बल्झिँदै जानु ।
  • खानाखान/चपाउन/निल्नमा क्रमिक रुपमा समस्या आई सर्केर हुने न्युमोनिया
    (एस्पिरेसन न्युमोनिया)बाट बिरामी बारम्बार पीडित भइरहनु ।
  • तौल घट्दै जानु, आलस्य र निद्रा बढ्दै जानु ।
  • दिसा/पिसाबमा नियन्त्रण हराउँदै जानु, कपडा÷बिस्तारामै हुनु ।
  • बोल्नमा पनि समस्या बढ्दै गई अस्पष्ट रुपमा आवाज निकाल्नु ।
  • विस्तारामा सीमितभई सो सम्बन्धी जटीलताहरु बढ्दै जानु ।

उपचार प्रकृयाबारे

अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन । खाली चिकित्सकले संस्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थितगर्ने भन्ने कुरा सिकाउने छन् । नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियता आदिले यो रोग बढ्ने गतिलाई मत्थर पार्न सक्छन् ।

रोकथामबारे

जीवन शैलीका केही तरिकाहरुले अल्झाइमर रोग हुने सम्भावनालाई घटाउन सक्छन् । सामाजिक क्रियाकलापमा बढी सक्रियहुनु तथा बौद्धिक व्यायामहुने खालका काममा लाग्नाले तपाईको मस्तिष्कको कार्यक्षमतालाई जोगाउन सक्छ । सँगसँगै रक्तसंचार प्रणालीलाई चुस्त दुरुस्त राख्ने खालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नुबाट जोगाउने क्षमता राख्दछ । चिल्लो पदार्थ कम भएको सागसब्जी र फलपूmल बढ्ता भएको खानेकुराको नियमित सेवन पनि अल्झाइमर रोगको सम्भावनालाई न्यूनगर्ने उपायहो । मेडिटेर्यानियन आहारलाई अल्जाइमर रोग हुननदिने राम्रो आहारका रुपमा लिइएको छ ।

अल्जाइमर रोगबारे जनचेतना जगाउने उद्देश्यले सेप्टेम्बर महिनालाई विश्वका धेरै मुलुकले अल्जाइमर महिनाको रुपमालिई अल्जाईमर सम्बन्धी विभिन्न जनचेतना मूलक कार्यक्रमहरु संचालन गरिरहेको सन्दर्भमा, हाम्रो नेपालमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, अल्जाईमर रोग सम्बन्धीकार्य गर्ने संस्था अल्जाइमर विस्मृति समाज र महासंघ अन्तर्गत रहेका ज्येष्ठ नागरिक जिल्ला संघहरु, र अन्यविभिन्न संघ संस्थाहरुले अल्जाइमर रोग लागेको हो होईन त्यस्ताव्यक्तिको डाईग्नोसिस गर्ने, अल्जाइमर रोगीका परिवार सदस्यलाई परामर्श दिने, रोगीलाई उचित हेरचाहको लागि अल्जाईमर केयर तालिम संचालनगर्ने, विभिन्न संचारका माध्यमबाट अल्जाईमर विशेषज्ञहरुबाट अन्तरवार्ता कार्यक्रम संचालनगर्ने, अलजाईमर रोगको बारेमा लेख रचना प्रकाशनगर्ने जस्ता जनचेतना मूलक कार्यक्रम संचालन गरिरहेको कुरालाई आत्मसात् गर्न सकिन्छ ।

“बृद्ध हुनु भएका बा-आमाहरू–बिसिद्धि भएका होइनन् !”
“विस्मृति रोगले गांंजेको बुझौ–वितृष्णा र दिक्दारिले होइन !”
मायार सद्भावले स्याहार गरौं !!

(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघँंगमा आवद्ध हुनुहुन्छ । उहाँ सामाजिक तथा स्वास्थ्य सम्बन्धी जानकारीमूलक विषयमा कलम चलाउँनुहुन्छ ।)
भ्mबष्स् िउअजजबतचब२नmबष्।िअयm