घरेलु मदिरा उत्पादन स्थलमा प्रहरी छापाः २ सय लिटर मदिरा नष्ट

कच्चा पदार्थ र भाँडाकुडाहरु बरामद

सिरहा । सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । सिरहाको सुखीपुर नगरपालिका ६ खरीटोल र सिरहा नगरपालिका १२ बाट प्रहरीले अवैध रूपमा उत्पादन तथा बिक्रि वितरण गर्ने गरिएको घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

विशेष सूचनका आधारमा सिरहा प्रहरीले उक्त दुई छुट्टाछुट्टै ठाउँबाट स्थानीयहरुको घर तथा भट्टि पसलमा रहेको करीब २०० सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको बुझिएको छ ।

त्यहाँबाट प्रहरीले मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ३२ सय लिटर र प्रयोग हुने भाँडाकुडा समेत बरामद गरि वडा अध्यक्ष लगायत, स्थानीय नागरिक समाज, पत्रकार लगायतको रोहबरमा नष्ट गरेको छ ।

मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको बताउदै त्यस समबन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) अपिल राज बोहराले बताएका छ्न।