बौनियामा माओवादी केन्द्रको भेला तथा प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न

९९ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित

कैलाली । नेकपा (माओबादी केन्द्र) को बर्दगोरीया गाउँपालीकाको भेला तथा प्रशिक्षण कार्यक्रम आज बौनियामा भव्य रुपमा सम्पन्न भएको छ । माओवादी केन्द्रको बर्दगोरिया गाउँपालिका कमिटीको आयोजना उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य ज्ञानु बमको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सयोजक लोकेशको विशेष आतिथ्यता रहेको थियो ।

जनक भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु रतन बिक राजन, शोभा आचार्य, प्रेस सेन्टर नेपालका सुदुरपश्चिम अध्यक्ष भिमबहादुर बिक, कैलाली जिल्ला अध्यक्ष डम्बर बुढा, शहीद परिवारका सदस्य जग बहादुर देउजा लगायतको आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले उद्घाटन भन्दा पहिले बौनिया बजारमा नारा जुलुशसहित वृहत र्याली गरेका थिए । उक्त कार्यक्रमबीच जनयुद्धबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै बाँकी कार्यभार आफ्नो पार्टीले पुरा गर्ने माओवादी केन्द्रका नेताहरुले उद्घोष समेत गरेका थिए ।

माओवादी केन्द्रको भेलाबाट गोमा भूलको अध्यक्षतामा ९९ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरिएको छ । उक्त कमिटीको उपाध्यक्षमा जनक भण्डारी, सचिवमा आशा चौधरी, कोषाध्यक्ष चक्र विश्वकर्मा, सदस्यमा सम्झना बिक, लक्ष्मी डगौरा, रामभरोसे चौधरी, दुर्गा बिक लगायत रहेका छन ।

त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी सगठनको गाउँपालिका भेला समेत गरेको छ । भेलाबाट शोभा साउँदको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको सचिवमा खेमा भुल, कोषाध्यक्ष पुष्पराज चौधरी लगायत निर्वाचित भएका छन ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष ढकाल, प्रदेश सयोजक लोकेश, केन्द्रीय नेताहरु राजन, शोभा, ज्ञानु, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष भिम बिक, शहीत परिवारका सदस्य जग देउजा लगायतले सम्बोधन गरेका थिए ।

भेला तथा प्रशिक्षण कार्यक्रम सकिएलगत्तै भएका निर्णयहरुलाई बौनिया चोकमा जम्मा भएर माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले सार्वजनिक गरेका थिए । सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले प्रचण्ड मण्डली मसानघाटमा पुगेकाले माओवादी आन्दोलनको रक्षा गर्नका लागि पार्टीलाई पुर्न गठन गदै अघि बढेको बताएका थिए ।

उक्त कार्यक्रममा नेता लोकेशले निर्वाचित सगठन र सघर्षका कार्यक्रमहरुबारे जानकारी गराएका थिए । उनले अब जनताको आशा र भरोसाको केन्द्र माओवादी केन्द्र नै बन्ने दावी समेत गरेका थिए ।