देबीको मूर्तिले सजाइए नेपालगन्ज शहरको चौक र गल्ली

असोज १२ देखी नेपालगन्जमा रामलीला नाटक सुरु

बाँके । हरेक वर्ष झैँ यस वर्ष पनि दसैंको अवसरमा नेपालगञ्जका विभिन्न चोक, गल्ली र सडकमा देवी भवानीको मूतिर्ले सजि सजाउ भएका छन ।

असोज १२ गते घटस्थापनाको अवसर पारेर नेपालगञ्जका सर्वसाधारण, क्लब, टोल विकास समितिले आफूलाई पायक पर्ने ठाउँमा दुर्गा भवानीको मूर्ति प्रतिस्थापन हुन ।

नेपालगन्जमा मात्र झण्डै तीन सय मूर्ति प्रतिस्थापन भएका छन भने बाँके जिल्ला भर ६ सयको हाराहारीमा देवी भगवतीको मूर्ति राखिएको छ ।

पहिलेको तुलनामा देवीको मूर्ति प्रतिस्थापन गर्ने क्रम बढेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले संचारकर्मिसंगको कुराकानीको क्रममा जनाउदै मूर्ति सुरक्षाकालागि विशेष सुरक्षा योजना बनाइएको बताए ।

यसैबीच विजयादशमीको घटस्थापनासँगै नेपालगञ्जमा रामको जीवनमा अधारित लीला शुरु भएको छ ।

प्रत्येक वर्ष झैं यस पटक पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीलाको नाटक मञ्चन शुरु भएको हो ।

असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज १३ बाँके बगियामा आइतवार राती देखि रामलीला प्रारम्भ भएको हो ।

रामको जीवनसंग आधारित रहेको लीला प्रत्येक दिन राती ८ वजे देखि रामको राज्याभिषेकसम्म जारी रहनेछ ।

रामलीला मन्चन गर्नका लागि भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गर्ने गरेका छन ।

नेपालगञ्जको रामलीला महोत्सव १ सय ५२ औं वर्षमा प्रवेश गरेको रामलीला आयोजक समितिले हरपल नेपालसंगको कुराकानीको क्रममा बताए ।