दशै नजिकिएसंगै नेपालीहरु स्वदेश फर्किने क्रम सुरु

बाँके । नेपालका बिभिन्न जिल्लाहरुबाट रोजगारको अभावमा कामको खोजीकालागि भारत लगायत अन्य खाडी मुलुकहरुमा काम गर्नका लागि बिदेशीएका नेपाली कामदारहरु नेपालगन्जका नाका हुदै स्वदेश फर्किन थालेका छन् ।

नेपालीहरुको महान पर्व दशै नजिकिएसंगै कामको खोजीमा बिदेशीएका नेपालीहरु नेपाल फर्किन थालेका हन ।

भारतमा रोजगारको सिलशिलामा बसेका नेपालीहरु नेपालगञ्ज नाका भएर दैनिक हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किने गरेका छन् ।

बिहानैबाट नेपालीहरु भित्रिन शुरु हुने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका इञ्चार्ज प्रहरी नायब निरीक्षक माधव प्रसाद रिजालले बताए ।

भारतबाट फर्किने नेपालीको सहयोगकालागि नाकामा सहायता कक्षसमेत स्थापना गरिएको छ ।

भारतीय सवारी साधनबाट रुपईडिहा पुगेका नेपालीहरुको सहयोगकालागि सादा पोशाकका प्रहरी त्यहाँ पठाइएको जनाए ।

प्रहरी नायब निरीक्षक रिजालका अनुसार रिक्सा, टाँगावालाबाट ठगिन नदिन सतर्कता अपनाइएको छ ।

नेपालगञ्ज बसपार्कसम्म सुरक्षित रुपमा पठाउने व्यवस्था मिलाइएको प्रहरीले बताएको छ । होटलमा ठगिन र लुटिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै परामर्शसमेत दिने गरेको रिजालले हरपल नेपालसंगको कुराकानीको क्रममा बताए ।