बाँकेगाऊबाट जुवाडे प्रहरीको हिरासतमा

१ घन्टा मै हिरासत मुक्त

बाँके । सोमवार नवरात्रको नवौं दिनमा बाँकेगाउबाट प्रहरीले लाखौंको रुपैया सहित जुवाडेको नाइके सहित ३ जनालाई हिरासतमा लिई एक घन्टा मै हिरासत मुक्त भएका छन ।

सोमवार बाँकेगाऊबाट जुवाडेको नाइके गणेश श्रीवास्तवले आफ्नो घरको एक कोठामा जुवा खेलाई रहेको अवस्थामा प्रहरीले तास तथा नगदी रकम सहित ती जुवाडेहरुलाई प्रकाउ गरेका थिए ।

प्रक्राउ पर्नेहरुमा नाइके श्रीवास्तव सहित दीपक तिमिल्सेना,गोपाल थापालाई प्रकाउ गरेको थियो ।

एक प्रत्येक्षदर्शिले आफ्नो नाउ गोप्य राख्ने शर्तमा प्रहरीले ती जुवाडेहरुलाई प्रकाउ गरेको केही समय पछि नै बिना कुनै कार्यवाही गरी ती जुवाडेहरुलाई मुक्त गरिएको हरपल नेपाल समाचारदाता संगको कुराकानीको क्रममा बताए ।