माआवादी केन्द्रको बैठक काठमाण्डौंमाः उपनिर्वचन र संघर्षका कार्यक्रमबारे छलफल हुँदै

आज पोलिटव्यूरो, भोलि केन्द्रीय समिति बैठक चल्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निर्वाचन आयोगमा दर्ता भएसँगै उपनिर्वाचनको उपयोग गर्ने वा नगर्ने भन्ने लगाएका विषयहरुमाथि आन्तरिक छलपल चलल्दै आएको अवस्थामा पार्टीको चुनावी नीति, संघर्षका कार्यक्रमहरु र पछिल्लो राजनीतिक घटनाक्रमबारे साझाँ धारणा बनाउँनका लागि राजधानी काठमाडौंमा हिजोदेखि बैठक चलिरहेको छ ।

माओवादी केन्द्रको हिजो पदाधीकारी बैठक विभिन्न विषयहरुमाथि वृहत छलफल गर्दै सम्पन्न भएको छ भने आज पोलिटव्यूरो र भोलि केन्द्रीय समितिको बैठक बस्दै छ ।

पछिल्लो समयमा माओवादी केन्द्रले संविधानको समाजवादी पुनलेखन र सरकारका काम सम्बन्धी १८ बुदें माग अघि राख्दै प्रधानमन्त्री कार्यालयलाई चेतावनी पत्र पठाएपछि उक्त पार्टी निर्वाचनमा जाने वा संघर्षमा जुट्ने भन्नेबारे वहस चएको हो ।

उक्त चेतावनी पत्रमा पार्टीका अध्यक्ष किरातीले आफ्नो पार्टीले अघिसारेका मागहरुको सम्बोधनका विषयमा ३० दिनभित्र सार्वजनिक प्रत्याभूतिको वातावरण नबनाएमा निर्वाचन आयोगबाट मान्यताप्राप्त आफ्नो पार्टीले उपनिर्वाचन २०७६ लाई भीषण आन्दोलनमा बदल्न बाध्य हुने र त्यसबाट उत्पन्न अवस्थाको जिम्मेवार स्वयम् सरकार हुनुपर्ने यस अघिनै बताइसकेका छन ।

सरकारले माओवादी केन्द्रको उक्त १८ बुँदें चेतावनी पत्रको विषयमा के कस्तो प्रतिकृया जनाएको छ र अगाडीको रणनीति कस्तो बनाउने भन्ने विषयमा उक्त बैठक मुलत केन्द्रीत हुने भएपनि पार्टीका अन्य आन्तरिक विषयहरुमा समेत बैठकमा छलफल चल्ने बुझिएको छ।

बैठकमा केन्द्रीय अध्यक्ष गोपाल किराती, उपाध्यक्ष तिलक थापा, महासचिव कर्णजित बुढाथोकी, सचिव राजन तिमल्सिना र विनोद उपाध्याय उपस्थित रहेका छन भने अर्का उपाध्यक्ष रंगनाथ ढकाल उपचारका क्रममा रहेकाले बैठकम उपस्थित रहेका छैनन् ।

त्यसगरी आज र भोलिको बैठकमा पार्टीका सबे प्रदेश समितिका प्रमुख नेताहरु, पोलिटव्यूरो सदस्यहरु र केन्द्रीय समिति सदस्यहरु र प्रदेश समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहने बुझिएको छ ।

केन्द्रीय पदाधिकारी बैठकबाट टुङ्गिएका विषयवस्तुमाथि आजको पोलिटव्यूरो बैठकमा थप छलफल सहित अघि बढाइने र त्यसलाई केन्द्रीय समितिको बैठकमा छलफल सहित पाश गर्नका लागि ल्याइने बताइएको छ ।

बैठकमा नेताहरुले आफ्नो कार्यक्षेत्रको संगठनात्मक, राजनैतिक, आर्थिक र संघर्षबारे भएगरेका कामको रिपोटिङ राख्ने छन भने पार्टी निमार्ण तथा सुढृणिकरणको सन्दर्भमा आवश्यक सुझाव र सम्भावनाहरुबारे समेत धारणा राख्ने बताइएको छ ।

त्यसैगरी उपल्लो कमिटिले ल्याएको प्रस्तावमाथि थप छलफल सहित दुबै बैठकले पाश गर्ने र कार्यान्वयनमा जाने विश्वास माओवादी केन्द्रले लिएको छ ।

बैठक माओवादी केन्द्रको पार्टी कार्यालय गौशालामा बसिरहेको छ । आजको बैठक ११ बजेबाट शुरुहुने पार्टीश्रोतले हरपल नेपालसँग बताएको छ ।