महेन्द्रनगरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

अनुसन्धान कार्य जारी

कञ्चनपुर । लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरले आज महेन्द्रनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

कञ्चनपुर प्रहरीका अनुसार विशेष सूचनाका आधारमा भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारबाट २ सय ३० मिनिग्राम ब्राउन सुगरसहित भारतीय नागरिक बिनोद बर्मा पक्राउ परेका हुन ।

लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरले पक्राउ परेका ४७ वर्षीय भारतीय नागरिक बर्मालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको बुझिएको छ ।