किशोरी जबरजस्ती करणीको अभियोगमा ललितपुरबाट २ जना पक्राउ

ललाई फकाई करणी गरेको खुलासा

ललितपुर । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरीबाट प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोदावरी नगरपालिका ५ लेलेबाट १६ वर्षीया किशोरीमाथि जवरवस्ती करणीको आरोपमा सोही स्थानका २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेलका ३० वर्षीय बिशाल तिमिल्सिनालाई प्रहरीले गरेको हो।

गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

घटनाको विषयमा प्रहरी स्थानीयवासीहरुसँग जानकारी लिएको थियो भने उनीहरुलाई पक्राउ गरेपछि थप अनुसन्धान प्रकृया जारी रहेको छ । अभियुक्तहरुलाई कानुन अनुसारको कारबाही हुने बताइएको छ ।