पत्रकारलाई राज्य निकायका जनप्रतिनिधिको धम्कीप्रति प्रेस सेन्टर नेपालको चेतावनी (विज्ञप्तीसहित)

कलमजीविहरुको पक्षमा सडक संघर्षमा उत्रिन अपिल

कैलाली । कैलालीका पत्रकार लक्ष्मीप्रसाद जैशीलाई अछामको खेलकुट मैदान निर्माणको विषयमा लेखिएको समाचारप्रति आपत्ती जनाउँदै राज्य निकायकै जनप्रतिनिधिबाट धम्की आएको विषयमा प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिले सत्य तथ्य अनुसन्धान गरी कारबाहीको माग गरेको छ ।

श्रोतका अनुसार पत्रकार जैशीले ‘खेलमैदानका लागि बासडाँडा एकमात्र उपयुक्त स्थान’ शिर्षकमा गत शनिवार (दुई गते) आफु कार्यरत ‘मोटिभेट न्यूज डटकम’ पत्रिकामा लेखेको समाचारप्रति आपत्ती जनाउँदै अछामको तुर्माखाँद गाउँपालिका उपाध्यक्ष अमृता बुढाले ‘पत्रकारलाई ठीक पार्ने’ भन्दै धम्की दिएकी हुन ।

उक्त मिडियाका सम्पादक शोभराज वराललाई फोन मार्फत गाउँपालिका उपाध्यक्ष बुढाले समाचारको विषय खोतल्दै धम्कीपूर्ण भाषाशैली प्रयोग गररेर कानूनी प्रकृयाको अपमान तथा राज्यशक्तिको दुरुपयोग गरेको ठहर गर्दै प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेस समिति अध्यक्ष भिम बहादुर बिकले आज एक विज्ञप्ती सार्वजनीक गरेका छन् ।

अध्यक्ष बिकले जारी गरेको विज्ञप्तीमा राज्यले पत्रकारलाई सुरक्षीत रुपमा काम गर्ने वातावरण निमार्ण तथा प्रेस अभिव्यक्ति स्वतन्त्रताको कार्यान्वयन गर्न नसकेको भन्दै दिनप्रतिदिन पत्रकारहरुमाथि यस्ता प्रकारका घटनाहरु दोहोरिदैं गएमा सडक आन्दालन गर्न बाध्य हुनेप्रति संकेतीक रुपमा चेतावनी दिएको छ ।

पत्रकार जैशी नेपाल पत्रकार महासंघ सुखूरपश्चिम प्रदेश कार्यालय सचिव समेत हुन । उक्त विषयमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश महासचिव योगेश रावलले हिजो नै विज्ञप्ती सार्वजनिक गरिसकेका छन् ।

उक्त घटनालाई आफ्नो संगठनले गम्भीरतापूर्वक लिएको जनाउँदै प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिले निकालेको विज्ञप्तिको पूर्णपाठ यस्तो रहेको छ ….

प्रेस सेन्टर नेपाल

सुदूरपश्चिम प्रदेश समिति

मितिः २०७६/०७/०६

 

विषयः प्रेस विज्ञप्ती

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यालय सचिव तथा प्रेस संगठन कैलाली जिल्ला सदस्य, काठमाडौंबाट प्रकाशित ‘मोटिभेट न्यूज डटकम’ डिजिटल पत्रिकामा कार्यरत पत्रकार लक्ष्मीप्रसाद जैशीलाई समाचार लेखेकै कारण राज्य निकायको जिम्मेवार प्रतिनिधिले धम्की दिएको विषयमा हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त विषयमा बुझ्दा पत्रकार जैसीले ‘खेलमैदानका लागि बासडाँडा एकमात्र उपयुक्त स्थान’ शिर्षकमा गत शनिवार (दुई गते) आफु कार्यरत ‘मोटिभेट न्यूज डटकम’ पत्रिकामा लेखेको समाचारप्रति आपत्ती जनाउँदै अछामको तुर्माखाँद गाउँपालिका उपाध्यक्ष अमृता बुढाले मिडियाका सम्पादक शोभराज वराललाई फोन मार्फत धम्कीपूर्ण भाषाशैली प्रयोग गरेको जानकारी प्राप्त भएको छ ।

उक्त समाचार लेखेकै कारण पत्रकार जैशीसमेतलाई ठीक पार्ने भन्दै दिइएको चेतावनीपूर्ण भाषा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको हाम्रो संगठनको ठहर छ । समाचार प्रकाशन÷प्रशारणको कुनैपनि विषयमा चित्त नबुझेमा कानूनी प्रकृयामा जान सकिने व्यवस्थालाई लत्याउँदै, खण्डनपत्र मार्फत आफ्ना असन्तुष्टिका विषयहरु उल्लेख नगरेर राज्य निकायकै जिम्मेवार जनप्रतिनिधिले धम्की दिनु राज्यशक्तिको दुरुपयोग र कानूनी प्रकृयामाथिको अपमान समेत हो । उक्त घटनाको विषयमा सत्यतथ्य अनुसन्धान गरी धम्की दिनेलाई कानूनी कारबाही गर्नका लागि समेत हामी सम्बन्धीत निकायलाई सचेत गराउँदछ ।

यतिबेला एकातिर जनअधिकारको पक्षमा कलम चलाउने पत्रकारहरुमाथी राज्यले नियन्त्रण गर्ने काम गरिरहेको देखिन्छ भने अर्को तिर राज्य निकायको जिम्मेवार तहबाटै यसरी पत्रकारहरुलाई धम्की, बेज्जती, अपमान तथा दुब्र्यवहार गर्नेकाम भैरहेको छ, यसले वर्तमान राज्य व्यवस्थामामाथी नै गम्भिर प्रश्न चिन्ह खडा भएको छ । आम पत्रकारहले अब राज्यसँग ‘पत्रकारीता जगत सम्मानीत र भएरहित’ कहिले बन्छ, भनेर सडकबाट प्रश्न गर्नैपर्ने आवस्था सिर्जना भएको छ । पेशागत सुरक्षा र अधिकारको लागि संघर्षको विकल्प छैन, त्यो जरुरी छ । त्यसका लागि हाम्रो संगठन सबैसँग अपिल समेत गर्दछ ।

………….
(अध्यक्ष)
भिमबहादुर बि.क.
सुदूरपश्चिम प्रदेश समिति