कारागारमा नाइके परिवर्तनको माग गर्दै कैदी बन्दीहरुद्वारा आन्दोलन सुरु

बाँके । नेपालगन्ज कारागार भित्र बन्दै जीवन बिताई रहेका कैदीहरुले आफु माथि नाइकेले ज्याजति गरेको भन्दै नाइके परिवर्तन हुनुपर्ने भन्दै बिहिवार देखि नेपालगंज कारागारका कैदीबन्दीले आन्दोलन सुरु गरेका छन ।

बिहिवार बिहान केही घण्टा कारागार भित्रै नारावाजी गरेका कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर आन्दोलन सुरे गरेका हुन ।

नाइके भरत फडेरा र अर्का कैदी मान बहादुर शाहीलाई बाहिर निकालेर उनीहरुले मूलढोकामा भित्रबाट ताला लगाएका थिए ।

समस्या समाधानकालागि कैदिबन्दीसँग छलफल भइ रहेको कारागारका निमित्त प्रमुख बखत कुमार थापाले संचारकर्मिसंगको कुराकानीको क्रममा बताए ।

जेलर आएपछि थप छलफल गरेर मात्रै आन्दोलन फिर्ता लिने कैदीबन्दीहरुले अडान लिएका छन । १०÷१५ जना कैदीबन्दीको समूहले बिरोध गरेका हुन ।

यसैगरी बाँकेको नेपालगञ्ज कारागारमा बुधबारबाट सुरु भएको तनाबका बिषयमा स्थलगत अनुगमन गर्न पुगेको मानव अधिकारकर्मी, कानुन व्यवसायी र पत्रकारहरुको संयुक्त टोलीलाई प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै प्रहरीले मुल गेटबाट फिर्ता पठाएका थिए ।

उक्त घटनाको घोर निन्दा गर्दै तराई मानव अधिकार रक्षक संजालले एक विज्ञप्ती जारी गर्दै कारगारको बाहिरी सुरक्षामा खटेको सशस्त्र प्रहरीले मानवअधिकारकर्मी तथा कानून व्यावसायी सञ्चारकर्मीलाई कारागार अनुगमनमा लगाएको रोकले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृह प्रशासनको मानवअधिकार प्रतिको प्रतिवद्धतालाई शङकाको घेरामा राखेको उल्लेख गरेको छ ।