तरुणदलका नेता शाहको पक्राउको बिरोधमा प्रदर्शन सहित चक्का जाम

बाँके । तरुण दलका नेपालगञ्जका नगर सभापति सन्दिपजङ शाह सहित ६ जनालाई पक्राउ गरिएको घटनाको शनिवार विरोध प्रदर्शन गर्दै आधा घन्टा चक्का जाम गरेका छन ।

नेपाल तरुण दल बाँकेको अगुवाइमा शनिवार कोहलपुर चौराहमा प्रदर्शनसहित चक्काजाम गरिएको हो ।

कोहलपुर प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) हेम बहादुर शाही नेतृत्वको टोलीले बीहिबार नमस्ते रिसोर्टको पूर्वतर्फ पार्किङ गरि राखेको कारबाट अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरि राखेको म्यागेजिनसहित नियन्त्रणमा लिइएको बताए ।

तरुण दल बाँकेले घटनाको भतर््सना गर्दै प्रहरी स्वयंले हतियार राखेर शाह लगायतलाई फसाउन खोजेको भन्दै विना शर्त रिहाइ गर्न माग सहित विरोधमा उत्रिएको हो ।

तरुण दलका अध्यक्ष विरेन्द्र बहादुर शाह र नेविसंघ बाँके अधयक्ष पूर्ण आचार्यले प्रहरीले सुनियोजित रुपमा फसाउन खोजेको भन्दै सही अनुसन्धान गर्न मागसमेत गरेका छन् ।