के.शीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

सञ्चारमाध्यमले समावेशी नीती अवलम्वन गर्नुपर्ने आवश्यक्ता ः चौलागई

बाँके । क्रियाशिल पत्रकार महिला बाँकेको शनिवार सम्पन्न पाँचौ सधारणसभा एवं अधिवेशनले अमृता के.सीको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।

नव गठित कार्य समितिको उपाध्यक्षमा सावित्री गिरी, सचिवमा करुणा शाह, सहसचिवमा कमला हमाल, कोषाध्यक्षमा निशु जोशी रहेका छन भने सदस्यहरुमा क्रमशः सुनिता वर्मा र सुमित्रा सवेदी चयन चयन भएका हुन ।

अधिवेशनको उदघाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले पत्रकार महिलालाई हेर्ने सामाजिक दृष्टिकोण सकरात्मक बनाउनु नै प्रमुख चुनौती रहेको बताइन ।

क्रियाशिल पत्रकार महिला बाँकेको पूर्व अध्यक्ष समेत रहनु भएकी मगरले अनेकन चुनौतीका वावजुद पत्रकार महिलालाई अवसर पनि भएकाले धैर्यताका साथ पेशामा डटेर लाग्न आहवान समते गर्नु भयो ।

पत्रकार महासंघकी केन्द्रीय सदस्य मधु शाहीले पत्रकार महिलालले सर्वप्रथमतःआफुलाई दक्ष बनाउन मै केन्द्रीत हुन सुझाव दिदै पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाईले पत्रकार महिलाको सञ्चारमाध्यममा सार्थक सहभागीताकालागि सञ्चारमाध्यमले समावेशी नीती अवलम्वन गर्नु पर्ने आवश्यक्ता रहेको बताए ।

दिपा आलेको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, पे्रस सेन्टरका अध्यक्ष डक्ट धिताल, पे्रस यूनियनका पूर्व अध्यक्ष नरेन्द्र थापा, क्रियाशिल पत्रकार महिलाकी पूर्व अध्यक्ष अछरी पोखे्रल,ठकुरी पत्रकार संघकी अध्यक्ष करुणा शाह, पर्यटन पत्रकार संघका सचिव मधु पौडेल लगायतले शुभकामना दिएका थिए ।