को हो कम्युनिष्ट ? के हो कम्युनिष्ट पार्टीको सिद्धान्त ? हरेक कम्युनिष्ट सदस्यहरुले पढ्नैपर्ने लेख

नयाँको निर्माणमा पुरानोको ध्वसं अनिवार्य

संसारको कुनै पनि राजनीति सिद्धान्तमा आधारित हुनुपर्दछ । बिना सिद्धान्तको राजनीति हावामा गोली चलाए झैं हुन्छ। त्यही सिद्धान्तबाट बिचलित भएको कारण वर्तमान सकार जनमुखि कार्यक्रम र उत्कृष्ट परिणाम ल्याउन सकिरहेको छैन। राजनीति भनेको चिया गफमा मात्रै आधारित बनाउनु हुंदैन। प्रायः लामो सफरमा राजनीतिको कुरा गर्दै मानिसहरुले बाटो काट्ने गरेको पाइन्छ। राजनीति भनेको कुनै नशा पनि होइन, यो त देश, राष्ट्र, समाज सञ्चालनको बिधिसँग जोडिएको बिषय हो। यो प्राय दुइ थरिको हुदो रहेछ। पहिलो समाजमा रहेको त्यस्ता मानिस जो अर्काको श्रममा बाँचेको हुन्छ, तिनका लागी हुन्छ भने दोश्रो श्रम गर्ने (शारीरिक, मानसिक, मनोवैज्ञानिक) मानिसहरुको लागी। यी दुबैको स्वार्थ बेग्ला बेग्लै हुन्छ ।

बिपरीत सोच चिन्तनको परिणाम नै वर्तमान सामाजिक ब्यवस्था हो। यो सामाजिक ब्यवस्थाले थोरैको हित, धेरैको अहित गरिरहेकोले यसलाई रुपान्तर गर्न सचेतन प्रयत्नको आवश्यक्ता हुने गर्दछ। त्यहि सचेतन प्रयत्नको नाम श्रमिक वर्गको राजनीति हो । त्यस्तै सामाजिक ब्यवस्थालाई यथास्थितिमा राख्ने सोच भनेको अर्काको श्रमको शोषण गरिरहनेहरुको राजनीति हो। यो राजनीतिक दर्शनले कुनै न कुनै वर्गको सेवा गरिरहन्छ। दर्शन भनेको समाजलाइ जाँच्ने, बुझ्ने र बदल्ने दृष्टीकोंण हो । त्यसबाट निर्देशित सिद्धान्त पनि हुने गर्दछ। मुख्य कुरा भनेको कम्युनिष्ट सिद्धान्तबारे बुझ्नलाई हामीले विचार, सोच, चिन्तन कहाँबाट आउँछ भनि बुझ्नु पर्दछ।

विचारको श्रोत बस्तु, पदार्थ, चीज, बीजलाई बनाउनेहरुनै कम्युनिष्टको श्रेंणीमा आउँछन। भौतिक जगतले मानिसको सोच, चिन्तन निर्माणमा अहम् भुमिका खेल्दछ। यसको अर्को पक्ष पनि रहेको हुनाले त्यसलाई सँगै बुझ्दा सजिलो हुन्छ। कुनै पनि सोच चिन्तनको आधार वस्तु, पदार्थ होइन, बरु विचारबाट त्यो सबै भौतिकताको जन्म भएको हो । पहिलोले हरेक वस्तु , चीज, पदार्थको अस्तित्व त्यस भित्रको अन्तर बिरोधमा निहित भएको स्वाकार्दछ भने अर्को पक्षले कुनै बाह्रीर्य पक्षद्वारा सञ्चालित भएको मान्दछ। यी दुईटा सोच एक आपसमा मिल्दैनन्, तर यिनै सोच सहितको वर्तमान समाज तपार्ई हाम्रो सामुन्ने छ। यी दुईटा सोचमा पहिलोले गरीब, निमुखा, श्रमिकहरुलाई दिग्दर्शन गरेको छ भने दोश्रोले बसि खानेको वकालत गरेको हुन्छ। फेरि पनि अचेतनताको परिणाम गरि खाने समेतमा पनि दोश्रो पक्षकै सोच प्रभावित भएकै कारण समाजमा साशन गर्नेहरु लामो समयदेखि रजाई गर्दै आएका छन, जसले गर्दा यो धर्ति कहिल्यै पनि स्वर्ग बन्न सकेन न बसुधैव कुटुम्बकम नै हुन सक्यो।

भौतिक संसारबारे दृष्टीकोण बनाउँदा सम्पूर्ण भौतिकवादी कम्युनिष्ट नै हुन्छन भने होइन। भौतिक संरचनाको अस्तित्व पनि बिपरीत ध्रुवमा आधारित भएको र यी दुबै ध्रुवको द्वन्दमा सारा संसार, प्रकृति, पदार्थ या भौतिकता टिकेको हुन्छ, जुन द्वन्दको परिणामले परिवर्तनलाई चलाइ रहन्छ। यस मानेमा कम्युनिष्टहरुले द्वन्दात्मक भौतिकबादलाइ मानेका हुन्छन र समाजको नयाँ नयाँ रुपान्तरणमा भुमिका पुरा गरेका हुन्छन र गर्नु पर्ने पनि हो।

द्वन्दात्मक भौतिकवादी भएपछि समाजको बिभिन्न काल खण्डमा भैरहेको परिवर्तनबारेको द्वन्दात्मक बुझाइबाट द्वन्दात्मक एतिहासिक भौतिकवाद भन्ने दर्शनले पुर्णता पाएको हो। एतिहासिक रुपले हेर्दा आदिम काल जहाँ मानिसले मानिसमाथी नै शोषणको स्वरुप आज झैं थिएन । प्राय सामुहिकरुपले जंगलबाट खानेकुरा प्राप्त गरिन्थ्यो । सबै मिली सामुहिक रुपले शिकार गरि बाडीचुडी खाने गर्थे त्यस बेला उत्पादनका औजारहरु आजझै विकशित थिएन। जब समाजबाट फलाम, कास्य वस्तुहरुको खोजी भयो तब पुरानोको ध्वंस गर्दै नयाँ उत्पादन शक्ति बढाउँदै गएको छ । यसरी बुझ्दा आदिम काल हजारौं बर्षपछि जब समाजमा तेरो र मेरो भावनाको बिकाश भयो, तब सामुहिक जिवन प्रणाली ध्वंस भै निजि जीवन प्रणाली मातहत सामुहिकतालार्इ राख्ने संगै एउटा त्यस्तो वर्गको युगको शुरुवात भएको हो।

यो वर्गिय युगले पुरानो प्रति को मोह न गरि ध्वंस निर्माण को प्रक्रिया अगाडि बढ्दै जाँदा सामुहिक जिवन प्रणाली ब्लक हुन्छ र नीजि जिवन प्रणालीद्वारा हटेकोबाट समाज वर्ग बिभाजित हुन पुग्यो समाज संख्याको हिसाबले बढ्ने क्रममा सामाजिक ब्यवस्थापनको लागी नै अयोग्यतासँगै सचेत रुपले धर्म संस्कार, जाति, बर्णमा मानिसहरुको ब्यवस्थापन गरिन्छ। त्यसै बेलादेखि कैयौं प्राकृतिक घटनाहरुको बुझाइ एकांकी बन्दै गएको छ, र त्यहि एकाकी बुझाई अनुरुप समाज संचालन गर्ने इश्वर, भगवान, खुदा, पादरीको कल्पना भएको हो । फलस्वरूप यो धर्तीको मानिस यसै भुमरीमा परि मानिस मानिसमाथी साशन गर्दै बिभिन्न समयमा शोषणको स्वरुप बदल्दै गएका हुन, नकि शोषक र शासक बदलिए शोषणको स्वरुपमा परिवर्तन मात्रै हुंदै जाँदा १९ औं शताब्दीतिर द्वन्दात्मक एतिहासिक भौतिकवादको आगमन महान दार्शनिक कार्ल मार्क्स र फ्रेड्रीक एंगेल्सद्वारा भएको हो।

यो दर्शनले ९५ प्रतिशत जनताको हितमा कुरा गर्दा उत्पादनमा श्रमिकको भुमिका मुख्य भएपनि उत्पादित मालमाथी समाजको ५ प्रतिशतले हालीमुहाली चलाइ रहेको बताउँछ । जबकि मानिसको श्रमसंग न जोडिएको कुनै पनि चीजको मुल्य हुदैन । यसैले मार्क्सवादी सिद्धान्तले हामीलार्ई श्रम गर्ने श्रमिकहरु महान हुन भन्ने सिकाउँछ । उनीहरुले गर्दा समाजको प्रत्यक मानिसलाई चाहिने समान उत्पादन हुन्छ तर त्यो समानको मालिक ती श्रम गर्नेहरु हुन पाउँदैनन। यसमा शोषक र शासकहरु आफ्नो मातहतमा राखी स्वयम् राज्यसत्ता समेतमा पकड बनाइ राख्छन। राज्यसत्ता भनेको जेल, नेल, सेना, अदालत अर्थात कार्यपालिका, बिधायिका र न्याय पालिका राज्यका तीनै अंग हुन । तीनवटै अंगहरु मिलेर राज्यसत्ता निर्माण गरि शाषकहरुले लामो समयदेखि श्रमिकको उत्पादित मालमाथी मालिकाना चलाएका हुन्छन र ती श्रमिक वर्गलाइ अर्को जुनिमा पाउने, किस्मत र पुरपुरोमा भरोसा दिलाउने एकमात्र आदर्शवादी बाटोमा हिडाल्दै आउँदा मिहिनत गर्नेहरु कहिले पनि उँभो लागेनन। त्यसको बिरुद्धमा द्वन्दात्मक एतिहासिक भौतिकवादी दृष्टीकोंणले श्रमिक वर्गलाइ सहि बाटो देखाउँछ तर एकमात्र आदर्शवादी चेत एकाँगी हुंदा हुंदै दुनियामा शासन चलार्इ रहेका शोषक वर्गलाइ श्रमिक वर्गको मनो मस्तिष्कमा त्यहि एकाँगी कुरा भरि दिएका छन कि तेरो भाग्य र पुरपुरोमा लेखिएको छैन। त्यसको साथै ती मालिक वर्गले बिभिन्न धर्मको छत्रछायामा आफुलाई भाग्यमानी भएको मान्दछ। यी दिन दुना रात चौगुना कसरि कमाउछन त ?

हिजोको कुरा छोडेर आजको कुरा गर्ने हो भने उनीहरु भन्द्छन कि आफूले आफ्नो निजी सम्पत्ति प्रयोग गरि उद्योग र कलकाऱखाना निर्माण गर्दा त्यसैमा यी श्रमिकहरुलाइ काम र मामको बन्दोवस्त मिलाउछौं फेरि पनि तिनीहरु हामी धनाड्य भएको हेर्न चाहन्नन। सधैं बन्द हडताल, तालाबन्दी, बिरोध गरि दुख दिन्छन। यसो हेर्दा सहि लागेपनि वास्तविकता अर्कै हुन्छ । सुक्ष्म रुपले हेर्ने हो भने त्यसमा भाग्य र किस्मतले उ धनी हुनै सक्दैन बरु श्रमिकलार्इ तिनको श्रमको मुल्य त्यति मात्रै दिन्छ कि उनीहरु न मरिउन र उनको उद्योग कारखाना चला रहुन्। बरु तिनका श्रमबाट पैदा भएको आम्दानीले धनाड्य बन्दै गएका हुन्छन। यदि श्रमिक वर्गले पुजीपतिवर्गको उद्योग संचालन गरि दिदैन्थे भनें भने केहि वर्षमा खिया लागेर ती मालीक भनाउँदाहरुको सम्पुर्ण पूँजी डुब्द्थ्यो तर मजदूरले जोगाइ दिएको कुरा कहिल्यै गर्दैनन।

संसारको कुनै पनि उत्पादित मालको मुल्यमा श्रमिक बर्गको श्रमकै परिणाम मान्नु पर्दछ किनभने जुन कुरामा मानव श्रम जोडिएको हुदैन त्यसको मुल्य नै हुँदैन जस्तै हावा, घाम, पानी आदीको उपयोगिता भएपनि मुल्य हुदैन । जब मानव श्रमबाट त्यहि चीज प्राप्त गरिन्छ भने त्यसको मुल्य हुने गरेको छ। जस्तै बोतलको पानी, नल्किबाट निकालेको पानी या पंखाबाट प्राप्त हावा यी सबैमा मानव श्रम जोडिएको हुन्छ।

मानौ एउटा उद्योगमा कपडा उत्पादन गरिन्छ त्यस उत्पादीत कपडाबाट एक बर्षमा ५ करोडको मुनाफा आउँछ जुन मजदूरको परिश्रमबाट नै पैदा भएको हो। अब यो मुनाफा कहाँ कहाँ खर्च गरिन्छ हेरौं। एक करोड कच्चा धागो, पचास लाख कर, टैक्स र मैनेजरको तलब, डेढ करोड मजदूरहरुको पारिश्रमिक या तलब, पच्चीस लाख मशीन मरम्मत कुल ३ करोड २५ लाख हुन आउँछ । बाँकी १ करोड ७५ लाख सोझै मालिकको एक्लैको मुनाफा । यसरी मालिक धनी हुंदै जानुमा मजदूरको पसिनाले हो । यसको बदला मजदूरले आफ्नो जीवन निर्बाहको लागी मात्रै रकम पाउँछ र उ कहिल्यै धनी बन्न सक्दैन। त्यस कारण मजदूरले आफ्नो तलब भत्ता बढाउन बन्द, हडतालको सहारा लिन बाध्य हुन्छ यसरी मजदूर आन्दोलनले आफ्नै श्रमको मुल्य पाउन मात्रै मालिकको सुरक्षामा खटिएकाहरुबाट मारिनु परेको तर एक न एकदिन ती मजदूरहरु कुरा बुझ्ने छन र आफ्ना श्रमले उत्पादित सबै माल, मुल्यको मालिक बन्ने छन । अनि यहि धरतीमा स्वर्गको अनुभुति गर्ने छन।

यस प्रकारले कम्युनिष्टको सिद्धान्तलाई एउटै शब्दमा भन्ने हो भने मार्क्सवाद भनिन्छ । जुन मजदूरको वैचारिक हतियार हो। अहिलेसम्म यो सिद्धान्तको विकाश हुँदै जाँदा माओबादी सिद्धान्तले मात्रै श्रमिक बर्गलाई स्वीकार हुन्छ तर यी सिद्धान्तहरु दस्तावेजमा बहसको लागी बहसमा मात्रै सिमित गरिन्छन, तब त्यसको सार्थकता रहदैन। यसले जहिले पनि ब्यवहारको कसीको माग गर्दछ। सिद्धान्त ब्यवहार अलग गरि बुझ्नु भनेको शोषणको हित गरेको ठहर्छ। यसरी आज जो कसैले मार्क्सवाद, लेनिनवादलार्इ जुन कुनै बहानामा छोड्दछ भने उ कम्युनिष्ट हुन सक्दैन वर्तमान सरकार आफुलाई कम्युनिष्ट भने पनि कम्युनिष्टको अख्तियारी गुमाइ सकेको छ। हुनलाई सिंगै न भएकाको नाम तिखे, आँखा न भएकाको नयन, गरीबको नाम धन बहादुर, धनीको नाम अकिंचन कुमार भनि नामा करण गर्नेलाइ के भन्न सकिन्छ र ?

तसर्थ कम्युनिष्टको सिद्धान्त श्रम गर्नेहरुको लागी द्वन्दात्मक एतिहासिक भौतिकवाद र अतिरिक्त मुल्य जुन मालिकद्वारा हडपिन्छ त्यस अतिरिक्त मुल्य न स्वीकार्नेहरु कहिल्यै कम्युनिष्ट हुन सक्दैन । यो सिद्धान्तले चीजलाई बुझ्ने मात्रै होइन बदल्नमा पनि जोडदिएको हुन्छ। बदल्ने क्रममा बल प्रयोग अनिवार्य हुन्छ। उदाहरण प्रकृतिको परिवर्तनमा बल प्रयोग भनेकोले भुकम्प आउनु, आँधी वा असिना पर्नु वा ज्वालामुखी फुट्नु आदी प्रकृतिमा बल प्रयोग हो। अर्कातिर समाजमा आन्दोलनलाई स्वीकार्नेहरुले पनि बुझ्नु पर्ने बिषय के हो भने आन्दोलन स्वयममा शान्ति र अशान्तिको साथ लिएर अगाडि बढेको हुन्छ । यसरी यो सिद्धान्तबाट निर्देशितहरुले मात्रै सुन्दर समाज निर्माण गर्न सक्छन। सुन्दर समाज भनेको मानवद्वारा मानवमाथि हुने शोषणको सम्पुर्ण रुपले निषेध गरि यहि धर्तीमा स्वर्गको अनुभुति गर्न सकिने सामाजिक व्यवस्था निमार्णको कुरा हो ।

(लेखक उपाध्याय, नेकपा माओपादी केन्द्रको केन्द्रीय सचिव हुन् । उनी राजनैतिक विषयमा कलम चलाउने गर्दछन् )