निर्माणाधिन घरको छत भत्किदा १ को मृत्यू २ घाइते

बर्दिया । बर्दियामा निर्माणाधीन एक घरको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गुलरिया नगरपालिका वडा नम्बर ६ मा निर्माण हुन लागेको दुर्गा गेष्ट हाउसको छत बुधवार विहान भत्किँदा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेलको मृत्यु भएको हो ।

यसैगरी बढैयाताल गाउँपालिका ९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी घाइते भएको प्रहरी श्रोतबाट जानकारी हुन आएको हो ।

घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिक रुपमा भत्काएर पुनर्निर्माण गर्दा छत भत्किँदा किचिएर मालिक भवीको मृत्यु हुनुको साथै दुई कामदार गम्भीर घाइते भएका हुन् ।