नगर तथा आसपासका क्षेत्रमा भब्यरुपमा मनाइयो पैगम्वर मोहम्मदको जन्म दिन

सार्वजनिक बिदा घोषणा नहुँदा स्थानिय मुस्लिम समुदायहरुमा असन्तुष्टी

बाँके । मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको बाँकेमा आइतवार ईस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्म दिन भब्य रुपमा मनाइएको छ ।

पैगम्बरको जन्मदिन अवसरमा बाँकेको नेपालगञ्ज लगायतका क्षेत्रमा ईस्लाम धर्मावलम्बीले ¥यालीसमेत निकालेका छन् ।

नेपालगन्जको बिभिन्न क्षेत्रबाट निस्किएको ¥याली सुर्खेतरोड,बिपी चोक,धम्बोझी चोक,पुष्पलाल चोक,बसपार्क, फुल्टेक्रा,जयसपुर,परसपुर,कारकाँदो,लग्दहवा घरवारीटोल, त्रिभुवन चोक,सदरलाईन, अस्पतालरोड,रानीतलाउ,एमपी स्कुलरोड र रामनगर परिक्रमा गरेको थियो ।

बिश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैह वसल्लमको १४३८ औं जन्म जयन्ती मनाएका हुन् ।

¥यालीमा बाक्लो संख्यामा बच्चादेखि बुढासम्मको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

पैगम्बर मोहम्मद्लाई इस्लाम धर्मको प्रमुख व्यक्तित्व तथा गैर–मुस्लिमहरूले इस्लामको संस्थापकको रूपमा मान्दछन् ।

उनी भगवानबाट संसारमा पठाइएको अन्तिम पवित्र प्रतिकको रूपमा मानिने गर्दछ । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको उनको जन्म सन् ५७१ अप्रिल २२ मा साउदी अरबको मक्कामा भएको थियो ।

उनको निधन ६३ वर्षको उम्मेरमा सन् ६३२ जुन ८ गते साउदी अबरको मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

यसैबीच ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’को अवसरमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बिदा घोषणा नगरी समुदाय प्रति बिभेद गरेको यहाँका मुस्लिम अगुवाहरुले आरोप लगाए ।


आधा भन्दा बढी मुस्लिम समुदायको जनसंख्या रहेको नेपालगन्ज उपमहानगर पालिकाले पनि हालसम्म बिदाको घोषणा नगरेकोमा स्थानीय मुस्लिमहरुले असन्तुष्टि जनाए ।

मोहम्मद डे लगायत सबै ठुला चाडपर्वलाई भव्य र सभ्य तरिकाले मनाइने नेपालगन्जमा पनि मोहम्मद डे मा उपमहानगरले बिदा नदिनु मुस्लिम समुदायप्रति भेदभाव र अन्याय गरिनु रहेको स्थानीयहरुको भनाई थियो ।

 

नेपाल हज कमिटीका सदस्य मेराज हिमालयले समुदायको महत्वपूर्ण पर्वहरुमा बिदा नदिई आफुहरुप प्रति बिभेद गरेको आरोप लगाए ।

जामा मस्जिद संञचालक समितिका पूर्व अध्यक्ष रहमान मियाँले राज्यका सबै सरकारले मुस्लिम समुदाय पनि देशका नागरिक हुन भन्ने हेक्का राख्न नसकेको कारण बिदा घोषणा गर्नमा कन्जुसाई गरेको बताए ।

यसैगरी प्रदेश नम्बर २ को समाजवादी पार्टीको नेतृत्वमा रहेको मोहम्मद लाल बाबु राउतको सरकारले मात्र मोहम्मद डे को बिदा घोषणा गरेको छ सोही प्रकारले बाँकेको नरैनापुर गाउँपालिका लगायत केही स्थानीय सरकारले पनि मोहम्मद डे को अवशरमा बिदा दिएका छन् ।