विवाह पछि किन लगाइन्छ सिंन्दुर ?

बास्तविक रहस्य यस्तो छ

हिन्दु महिलाले लगाउने सिंदूर , चुरा ,मंगलसुत्र,औठी र पाउजुलाई अहिले कतिपयले फेसनको रुपमा लिए पनि यसको बैज्ञानिक कारण भने बेग्लै रहेको पाइन्छ ।

आखिर कनि लगाइन्छ त सिंदूर रु सदियौ देखि हिन्दु महिला सिउँदोमा सिंदूर लगाउदै आएका छन । प्रचलित धार्मिक मान्यता अनुसार देवी पारर्वतीले आफना पतिको सम्मानका लागि जिवनको आहुति दिएकी थिइन , जस्का कारण सिंदूर लाई देवी पार्वतीको प्रतिको रुपमा पनि लिइन्छ ।

सिन्दुर शिरलाई दुई भाग पारेर बिच भागमा लगाइन्छ । यस बिन्दुलाई महत्वपुर्ण र संबेदनशिल मानिन्छ , यस ठाउँमा सिन्दुर लगाउनाले सधै सक्रिय र सतर्क रहने बैज्ञानिक कारण रहेको छ । बास्तवमा सिन्दुरमा मर्करी हुन्छ जो एक मात्र यस्तो धातु हो जो तरल पदार्थको रुपमा पाइन्छ ।

यहि कारण सिंदूर लगाउदा शितलता मिल्छ र दिमाग तनाव मुक्त हुन्छ । सिंदूर विवाह पछि लगाइन्छ किन कि विवाह पछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरीछ । यस्तै मर्करीले ब्लड प्रेसरलाई नियन्त्रण गर्नुका साथै यौन शक्ति बढाउन पनि मदत गर्दछ । सिंदूर लाई नारी शक्तिको प्रतिकको रुपमा लिइन्छ ।