आज तमु ल्होसार पर्वः वर्ष फेरिन दिनका रुपमा मनाइदैँ

पर्व मनाउन सार्वजनिक बिदा

काठमाडौँ,पुस १५ । गुरूङ समुदायको तमु ल्होसार पर्व आज विभिन्‍न कार्यक्रम गरि मनाइदै छ । गुरूङ समुदायका मानिसहरूले यो पर्वलाई हर्सोउल्लासकासाथ मनाउँदैछन ।

हरेक वर्ष पुस १५ को दिन ल्हो अर्थात वर्ष फेरिने भएकाले आजको दिनलाई ल्होसार पर्वको रूपमा मनाइने गरिएको हो ।

आजको दिन आफ्ना मान्यजन तथा आफन्तहरुबाट शुभकामना तथा आशिर्वाद आदानप्रदान गर्ने चलन गुरुङ समुदायमा रहेको छ ।

प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी १२ वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ ।

ल्होसारको अवसरमा काठमाडौँको टुडिखेलमा विशेष मध्यान्ह विशेष कार्यक्रम पनि हुँदैछ । कार्यक्रममा सरकारका उच्च तहका व्यक्तिहरु पनि सहभागी हुने भएका छन ।

सरकारले शुभकामना सहितको एक विज्ञप्ति निकालेर तमु ल्होसारको दिन सार्वजनिक बिदा समेत दिएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘तमु ल्होछार पर्व २०७३ का अवसरमा शुभकामना सन्देश दिँदै मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदाजस्ता साझा पहिचानले विश्‍वसामु नेपालको छुट्टै चिनारी गराएको बताएकी छन ।
ल्होसार पर्वले सिङ्गो नेपाली संस्कृतिभित्र रहेको तमु गुरुङ संस्कृति आफैँमा मौलिक, समृद्ध र पृथकतामा एकता ल्याउने विश्वाश गरीएको छ ।

सबै नेपालीमा हार्दिकता, आपसी मेलमिलाप र धार्मिक तथा जातीय सहिष्णुता कायम राखी मुलुकको समृद्धिमा अग्रसर होस भन्दै विभिन्न संघ संस्थाहरुले शुभकामना व्यक्त गरेका छन ।

े वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको गुरुङ जातिको आफ्नो छुट्टै मौलिक परम्परा र इतिहास बोकेको पर्व रहेको छ ।