बिप्लवका छोराले ५० लाखको बाइक चढेपछि…..

विप्लवका छोरा हार्ले डेभिड्सन मोटरसाइकलमा चढे

काठमाडौं,१४ मंसिर । नेकपा माओवादीका महासचिव को फोटो राखेर केहि संचारमाध्यममा समाचार आएपछि विप्लव माओवादीले भने उक्त समाचार गलत भएको प्रतिकृया दिएको छ ।

दधि नाम गरेका मान्छे कसैको प्रयोगमा आएर यस्तो भ्रामक समाचार लेखेको महासचिव विप्लवले सामाजिक संजाल फेसबुकबाट खण्डन गरेका छन् ।
विप्लवका जेठा छोरा प्रकाश चन्दले पार्टीको पैसा दुरुपयोग गरेर ५० लाखको मोटर साइकल किनेकोबारे समाचार सोमबार फुर्सद न्युज अनलाइनले लेखेको थियो ।

माओवादीका महासचिव विप्लवले फेसबुकमार्फत समाचारको खण्डन गरेका छन । उनले फेुसबुकमा लेखेका छन –‘दधिजी, तपाईलाई म चिन्दिन तर तपाईको समाचार पढे ।

सायद तपाईलाई कसैले दुरुपयोग गर्दैछ, तपाईको समाचार सही भए सबै वस्तु तपाईकै हुने छन् । यदि त्यो सही नभए तपाईलाई के गर्ने ?

माओवादी नेता खेम थपलियाले खबरडबलीसँग कुरा गर्दै भने–‘यो समाचार सरासर गलत छ । समाचारमा भनिएको जस्तो ५० लाखको मोटर साइकल प्रकाश चन्दसँग भएको हामीलाई थाहा छैन । अनी समाचारमा भनिएको जस्तो चन्दाले दाङ,  देउखुरी–७ मा कित्ता नम्वर ४५३४ र ४५४८ का गरी ६ रोपनी जग्गा किनिसकेको भन्ने कुरामा पनि सत्यता छैन ।’

थपलियाले कसैले संचारमाध्यमको दुरुपयोग गरेर गलत समाचार सम्प्रेसण गरी सिंगो पार्टीको बेज्जत गर्न लागेको आफुहरुलाई भान भएको बताएका छन । उनले पत्रकारीताको अनुसार नाघेर प्रमाण बिहीन कुराहरु प्रकाशन गरिएको आरोप लगाउदै त्यस्ता संचारमाध्यमलाई कारवाही गर्न माग समेत गरे ।

यो विषयमा हामीले माओवादी महासचीव विप्लव पुत्र प्रकाश चन्दसँग पनि कुराकानी गरेका छौ । उनले उक्त समाचारमा भनिएजस्तो ५० लाखको मोटरसाइकल आफूसँग नभएको बताएका छन ।

प्रकाशले भने–‘त्यो मोटरसाइकल मेरो होइन । मोटरसाइकलमा फोटो मात्र खिचेको हो । विना आधार मेरो नाममा ५० लाखको गाडी भएको भनि समाचार लेख्ने पत्रकारले मलाई मानसिक पिडा दिएका छन । राज्यले त्यसको खोजी गरेर कारवाही गरोस् ।’

हार्ले डेभिड्सन मोटरसाइकल किनिदिएको भन्ने समाचार प्रकाशन भएपछि त्यसबारे खबरडबलीले प्रकाश चन्दसँग कुराकानी गरेको छ ।
प्रकाश चन्दले समाचार सत्य नखोजीकनै नियोजित रुपमा लेखिएको आरोप लगाएका छन ।

त्यसैगरि समाचारमा ‘माओवादी नेता प्रज्जलनले चन्दका पछिल्ला क्रियाकलाप शंकास्पद भएको बताका छन । प्रज्जवलले भने, उहाँले पनि गरिखाने देखिएन, छोरालाई पचास लाखको बाइक, सालीको नाममा ८ रोपनी जग्गा किनेर कसरी हुन्छ ? उनले प्रश्न गरे।’ भनिएको छ, यो. कुरा सरोसर गलत छ, भन्दै माओवादी केन्दीय सदस्य समेत रहेका प्रज्वलनले आफुले त्यो समाचार माध्यमसँग कहिल्यै कुरै नगरेको तर्क गरेका छन् ।

उनले आफूसँग केहि कुरै नभएको र बिना आधार आफ्नो नाम जोडेर कपोकल्पित समाचार प्रकाशन गरिएको भन्दै कारवाहीको माग गरेका छन् ।

यस्ताे छ बिप्लवपुत्र प्रकाशकाे प्रष्टीकरण

त्यो मेरो बाइक होइन । म काम विषेशले बाहिर निस्केको बेला गत शुक्रबार जावलाखेल स्थति हिमालयन इन्डष्टिजको कम्पाउन्डमा त्यो मोटरसाइकल देखे र राम्रो लागेकाले त्यसमा चढेर एउटा फोटो खिचेको थिए ।

गत शनिवार मैले आफ्नो फेसबुकमा त्यो मोटर साइकलमा चढेको फोटो अपलोड गरेको थिए ।
तर त्यो फोटो कै आधारमा सत्य नबुझि समामचार लेख्दा मलाई त्यो कारणले मानसिक पिडा दिएको छ । समाचार लेख्नेले मलाई मोटरसाइकल कस्को हो भनि सोधेको पनि छैन, अनि के आधारमा मैले ५० लाखको गाडी चढेको भनीयो, त्यसमो जवाफ चाहिनछ र गल तगर्ने लाई कारवाहइ गरिनु पर्दछ ।

मेरो फोटोकै आधारमा सिंगो पार्टी र महासचिवको समेत नाम जोडिनुले हामीलाइ यो नियोजित रुपमा कसैले पत्रकारकारीताको दुरुयोग गरेको महशुष भएको छ । यसको सत्यता सम्बन्धीत निकायले खेाजोस ।

के गर्छन प्रकाश चन्द ?

विप्लवका जेठा छोरा हुन प्रकाश चन्द । उनी चिवन मेहिकल कलेजमा एमबीबीएसको अध्ययन गर्ने विद्यार्थी हुन ।
उनले केहि दिनपछि परीक्षा आइरहेको भन्दै अगाडि भनेका छन, समाचारका कारण सारै तनाब गराएको छ । झुट पत्रकारीतो मलाई मानसिक पिडा दिएको छ ।

उनले भ्रमपूर्ण समाचार आएको कारण आफुलाई मानसिक रुपमा ताव भएको बताएका छन् । उनी विद्यार्थी मात्र होइन, बुवाले नेतृत्व गरेको माओवादीमा पार्टीमा राजनीति पनि गर्छन । उनी हाल चीतवन जिल्ला सदस्य समेत रहेका छन । उनी विद्यार्थी संगठनको केन्दीय समिति सदस्य समेत हुन ।

कस्को हो विप्लवका छोरा चढेको मोटरसाइकल ?

नेपालमै खरिद बिक्री कभएको उक्त कम्पनिको मोटरसाइकल कस्को हो भन्ने चासो समेत जनमानसमा बढेको दखिन्छ । जानकारहरुका अनुसार पहिले त्यस्तो महंगो र सुविधा सम्पन्न मोटरसाइकल पूर्व राजकुमार पारस शाहले मात्र चढ्ने गरेको देखिथ्यो ।

त्यस्तो मंहगो मूल्यको मोटरसाइकल चढ्ने मानिसहरु काठमाडौंमा अत्यनत कम रहेको देखिन्छ । प्रकाश चन्दका अनुसार उनी चढेर फोटो खिचेको मोटरसाइकल बा ७१ प १८ नम्बरको रहेको छ । तर उनको आफ्नो मोटरसाइकल बा ७७ प ९९३६ नम्बरको रहेको बाइएकाे छ । उनीसँग बुलेट बाइक छ, तर त्यो उनको होइन, उनका निकटहरुले समेत बताए ।