के तपाई जाडोमा कस्तो कपडा लगाउने सोच्दै हुनुहुन्छ ? नआत्तीनुस जाडोलाई यसरी बनाउन सकिन्छ–‘फेसनेबल सिजन’

जाडोको पहिरन र स्वास्थ्य

जाडोमा कस्तो पहिरन गर्ने ?

हरपल नेपाल

– जाडोमा विभिन्न डिजाइनका स्टाइलिस कोट वा ज्याकेट लगाउन सकिन्छ । ज्याकेटले बाहिरी सुन्दरताका साथै व्यक्तित्वसमेत झल्काउँछ ।
– दुब्ला मानिसले सकेसम्म फिटिङ पहिरन लगाउँदा सुन्दर देखिन सहयोग पुग्छ । गर्मीमा जस्तो डिजाइन जाडोमा लगाउन नसकिए पनि अरूभन्दा फरक लुक्स देखाउन भने सकिन्छ ।
– जाडोमा विभिन्न डिजाइनका ऊनका टोपी र क्याप लगाउन सकिन्छ ।
– कोट, ज्याकेट वा हाइनेकमाथि फरक डिजाइनका मफ्लर तथा पन्चुले राम्रो देखिन मद्दत गर्छ ।
– जिन्स पाइन्ट, चुज पाइन्ट र भेलभेटको लेगिन्समा लामो जुत्ता लङ बुट, छोटा जुत्ता सर्ट बुट, वेइज हिल बुट आदि लगाउँदा थप फेसेनेबल देखिन्छ ।
– साडी, ब्लाउज, कुर्ता सुरुवालका साथै अन्य पहिरनमा समेत कोट वा स्वेटरको तालमेल मिलाउन सकिन्छ ।
– हाइनेकबाहिर विभिन्न डिजाइनका जम्पर लगाउन सकिन्छ । यसले मोटो शरीर भएकाहरूलाई दुब्लो देखाउनसमेत सहयोग पुग्छ ।

फेसनका केही नियम

– मोटो शरीर भएका महिलाका लागि सिल्क, साटन जस्ता पातला फेब्रिकका कोट उपयुक्त मानिन्छ ।
– अहिले बजारमा चेक बुट्टा भएका लुगा धेरै आएका छन् । यस्ता बुट्टा भएका लुगाले अरूभन्दा फरक देखाउन सहयोग गर्छ ।
– कालो र सेताको तालमेल कम्बिनेसन मिलाउँदा राम्रो देखिन्छ । साधारण सेतो सर्टसँग कालो ट्राउजर लगाएमा जाडोका लागि राम्रो हुन्छ । जाडोमा पनि रङ्गीन लुगाले अनुहार उज्यालो देखाउँछ ।
– मोतीका गहना, चप्पल–जुत्ता, कानमा लगाउने गहना, पेटीजस्ता उज्यालो रङका एसेसरिजले स्टाइलिस लुक प्रदान गर्छन ।
– फूलबुट्टे प्रिन्टले पनि जाडोमा ताजापन प्रदान गर्छ ।
– अहिले जम्पसुट तथा ओभरकोटको पनि फेसन छ । अफिस वा डे वेयरका लागि भने प्लेन वा प्रिन्टेड जम्प सुट राम्रो हुन्छ ।
– अहिलेको युवापुस्ताले रङको तालमेलमा ध्यान दिनेगरेको पाइँदैन भने अहिले फेसनमा पनि रङ्गीन लुगाहरू चलिरहेका छन ।

(पाटनढोकास्थित काव्य बुटिकका फेसन डिजाइनर उमा नेम्कुलसँग गरिएको कुराकानीमा आधारित–गोरखापत्र दैनिक बाट )