‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ को युट्युबमा पनि चर्चा बढ्यो

एक करोड बढी भ्युवर्स

काठमाडौं,माघ ९ । हास्य प्रधान चलचित्र ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ बोलको गीतले युट्युबमा एक करोड भन्दा बढी भ्युवर्स पाएको छ ।
 
यसअघि चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्के थैली’ बोलको गीतले एक करोड भ्युवर्स पाएको थियो । चलचित्र वडा न ६ कै निर्माण पक्षले बनाएको फिल्म छक्का पञ्जाको पूर्व पश्चिम रेल बोलको गितले त्यो भन्दा बढी भ्युवर्स पाएको हो ।
 
छक्का पञ्जाको ‘पूर्व पश्चिम रेल’ गीतलाई युट्युभमा १ करोड ३१ हजार भन्दा बढी पटक हेरिएको देखिन्छ ।
 
राजनराज शिवाकोटीको शब्द,संगीतमा बनेको गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको उक्त गित पछिल्लो समय धेरैको मुखमा झुण्डिन सफल भएको छ ।
 
राजन इशानको संगीत संयोजन रहेको यो गीतमा कविराज गहतराजले कोरियोग्राफि गरेका छन ।