संन्तुलित समाचार सम्प्रेषण गर्ने उद्देश्य सहित हरपल नेपाल डटकम संचालनमा

फागुनमा विशेष कार्यक्रमबीच औपचारीक शुभारम्भ गरिने

काठमाडौं,माघ ११ । दृष्टि मिडिया नेटवर्क प्रा.लि.द्धारा संचालित डिजिटल पत्रिका हरपल नेपाल डटकमले आजदेखी समाचार सप्रेषण कार्य सुरु गरेको छ ।

‘हरपलको खबर र विविध जानकारीका लागि हरपल नेपाल’ भन्ने मुलभाव सहित प्रकाशनमा आएको उक्त पत्रिकाले सबै विचार,राजनिीति,समुदाय,संस्कार,रितिरीवाज र वर्गको विषयमा संन्तुलित समाचार संम्प्रेषण गर्ने उद्देश्य राखेको उक्त प्रकाशन समूहले बताएको छ ।

आजबाट समाचार संप्रेषण सुरुगरेको हरपल नेपाल डटकमले फागुनमा विशेष कार्यक्रमबिच आफ्नो औपचारिक शुभारम्भ गर्ने समेत जानकारी दिएको छ ।

दृष्टि मिडिया नेटवर्क प्रा.लि.ले प्रकाशन गरेको पत्रिकालाई शुभकामना दिदै उत्प्रेरणा बढाउने सम्पूर्ण राजनीतिक दल,संघ,सस्था र व्यक्तिहरुलाई प्रकाशन समूहले विशेष धन्यवाद सहित आभार प्रकट गरेको छ ।

प्रकाशन समूहले सबैलाई धन्यवाद भन्दै अगाडि भनेको छ–‘हामीलाई सुरूवातको समयमा सुझाव,सल्लाह,लेख,रचना,विचार अनि शुभकामना दिएर अघि बढ्न प्रेरणा दिने सबै सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । हरेक रूपले सहयोग गर्ने र हामीलाई माया गर्ने पाठक तथा सुभेच्छुक वर्गको उच्च सम्मान गर्दै आजबाट समाचारमूलक सामग्रीहरू सम्प्रेषण गर्न लागेको जानकारी गराउन पाउदा अत्यन्त खुशी भएका छौँ । आगामी दिनहरुमा पनि तपाईहरू सबैको निरन्तर साथ र सहयोग हाम्रा लागि आवश्यक छ, त्यो साथ र माया निरन्तर हरपल नेपाल डटकमलाई मिलोस, यही अपेक्षा अनि विश्वास गरेका छौं ।’

प्रकाशन समूहले वेभ साइड डिजाइन तथा अन्य प्राविधीक समयोग गर्ने समूहलाई समेत धन्यवाद ज्ञापन गरेको छ ।

लामो समय सम्म पत्रकारीता र लेखन कार्यमा संलग्न रहेका युवाहरु सम्मीत प्रकाशन समूहले नयाँ जोश र जाँगरका साथ सुचना प्रवाहमा एक कदम अगाडि बढ्ने सामुहिक प्रतिबद्धता सहित उक्त पत्रिका प्रकाशन गर्न लागेका हुन ।