विमान स्थलको नाममा नेपालको सुरक्षा निति कब्जा गर्ने भारतको रणनिति होः बिजुक्छें

सिंहदरबार अपराधि लुक्ने थलो बनेको आरोप

भक्तपुर,माघ १२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले आफ्नो मार्सल सुरक्षा दस्तालाई बिमान स्थलको सुरक्षाको नाममा पठाएर नेपालको सुरक्षा नीतिनै कब्जा गर्ने रणनिति बनाएको बताएका छन ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले सादा पोशाकका मार्सलहरु बिमान सुरक्षाको बहानामा भारतले नेपाल पठाउने दस्ताको आगमा भबिष्यमा नेपालको सुरक्षा अवस्था कब्जा गर्ने रणनीति भएको बताएका हुन ।

उनले थ्रेस होल्ड निकै चर्चामा रहेको बताउदै थ्रेस होल्ड ठूला राजनीतिक दलहरुलाई निर्वाचनको बखत खर्चमा लागू गर्ने र साना दलहरुलाई सरकारमा लैजाने कामा लागु भएको जस्तो देखिएको बताए । उनले ठूला दलहरुको खर्च र अराजनैतिक चरित्रहरुलाई रोक लगाउन थ्रेस होल्ड आवश्यक रहेको समेत बताए ।

ेसरकारले स्थानीय तहको निर्वाचनको तयारी नगर्ने तर निर्वाचन गराउछौं भन्न पनि नछाड्ने गरेको भन्दै उनले निर्वाचन अनिर्वाय भएको तर्क गरेका छन ।

उनले विभिन्न धर्मका,जात जाति, भाषा भाषी र क्षेत्रका नाममा आन्दोलन गरिनु बेठिक भएको भन्दै राजनीतिक दलहरुले कुनै क्षेत्र वा समुदायको मात्र होइन समग्र नेपालको विषयलाई राजनीतिक मुद्धा बनाउनु पर्नेमा जोड दिए ।

सरकारको विषयमा बिजुक्छेंले भने– भारतको ईशारा मिल्ना साथ थ्रेस होल्डको बिषय देखाएर तीन दल एमाले काँग्रस र माओवादीबीच सत्ता समिकरण देखा पर्नेछ । ’ उनले सरकारले निर्वाचन तयारीमा लागनु पर्ने धारणा राखे ।
उनले बालुवाटार, सिंहदरवार र शितलनिवास अपराधिहरुको संरक्षणको थलो बनेको आरोप समेत लगाए ।