माग सम्बोधन नभएको भन्दै दश विद्यार्थी संगठनद्धारा आज देशभरका क्याम्पसमा तालाबन्दी

निर्वाचनको नयाँ वातावरण बनाउन माग

काठमाडौं,माघ २६ । विभिन्न दश विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयले आफ्ना मागहरु प्रति ध्यान नदिएको भन्दै आज स्ववियु निर्वाचन हुने देशभरीका क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।

दश विद्यार्थी संगठनहरुको माघ २४ गते बसेको संयुक्त बैठकले माघ २५ गते आफुहरुले उठाउदै आएका मागहरुको विषयमा प्रचार प्रसार,२६ गते देशव्यापी तालाबन्दीको कार्यक्रम र २७ गते निर्वाचनका सबै कामहरू रोक्ने,२८ गतेदेखि प्रतिरोधको लागि तयारी गर्ने र २९ गतेदेखि पुर्न छलफल गरेर दोश्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

विरोधमा उत्रिएका दश विद्यार्थी संगठनहरुले सिनेटको सिन्डिकेट खारेज गर्नुपर्ने,पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने,स्ववियु निर्वाचनको सौहार्दपूर्ण वातावरण निर्माण गर्नुपर्ने लागाएतका मागहरु आघि सारेका छन । उनीहरुले गत माघ २१ गते आफ्ना मागहरुको विषयमा त्रिविका उपकुलपति तिर्थराज खानियालाई आफ्ना मागहरुबारे ध्यानाकर्षण गराएका थिए ।

स्ववियु निर्वाचनमको लागि सार्वजनिक भएको मिति नजिकदै जादा केही विद्यार्थी संगठनहरुले विरोध गरेपछि निर्वाचन हुने वा नहुने आसंकाहरु बढेको विद्यार्थीहर बताउछन । तर निर्वाचन गराउनको लागि गठित केन्द्रीय निर्वाचन समितिले तोकीएको समयमा कुनैपनि हालतमा निर्वाचन गर्ने र निर्वाचन नरोकीने बताएको छ । हरपल संवादसँग कुरा गर्दै स्ववियु निर्वाचन समितिकी अध्यक्ष सुधा त्रिपाठीले त्यस्तो बताएकी हुन ।

विप्लव माओवादी निकटको अखिल क्रान्तिकारी,बैद्य माओवादीको अखिल क्रान्तिकारी,नयाँ शक्तिको विद्यार्थी युनियन,समाजवादी विद्यार्थी फोरम,नेपाल विद्यार्थी मंच,राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन लगाएतका दश विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको सन्दर्भमा तीन दलिय सिण्डिकेट हाबी भएको भन्दै सबै विद्यार्थीहरुको मागलाई सम्बोधन गरेर मात्र निर्वाचन गर्नुपर्ने बताउदै आएका छन ।

विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीका अध्यक्ष पुर्ण सिंहले हरपल नेपालसँग कुरा गर्दै भने–‘हामीले उठाएका मागहरुमा त्रिविले खासै ध्यान दिएको देखिएन त्यसैले संघर्षका कार्यक्रमहरु अघि सारेका छौ । हाम्रो मुख्य माग भनेको सबै संगठनहरु स्ववियु निर्वाचनमा सहभागी हुने खालको सौहार्दपूर्ण वातावरण निर्माण गरीयोस भन्ने हो । त्यो नभैकन निर्वाचन कथित निर्वाचन निर्देशिका र कार्यतालिका लागु हुन सक्दैन ।’

अन्य संगठनहरुको अडान त्यहि मितिमा निर्वाचन हुनु पर्छ

दश विद्यार्थी संगठनहरुले विरोधको कार्यक्रम अघि सारेपछि क्याम्पसहरुमा निर्वाचनको प्रचार गरिरहेका अन्या विद्यार्थी संगठनहरुका नेता कार्यकर्ताहरु भने आक्रोशित भएका छन ।

उनीहरुले निर्वाचनको कार्यतालिका सार्वजनिक भैसकेको अवस्थामा अनावश्यक मागहरु राखेर आन्दोलन गर्नु उचित नभएको प्रतिकृया दिएका छन ।
एमाले,काग्रेस,माओवादी केन्द्र निकटका विद्यार्थी संगठनका नेताहरुले हरपल नेपालको विशेष वहश कार्यक्रममा बोल्दै निर्वाचन त्यहि मितीमा हुनुपर्ने धारणा समेत राखेका छन ।

आज वानेश्वर बहुमुखि क्याम्पसको एक कार्यक्रममा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका एक विद्यार्थी नेताले हरपल नेपालसँग भने, हामी निर्वाचनको अन्तिम तयारीमा लागेको बेला अचानक निर्वाचन हुन नदिने किसीमले गरिएको भनिने विरोध कार्यक्रम आम विद्यार्थीको हक,हितको विपरित देखिन्छ । निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ ।