स्ववियु निर्वाचन विरोधी गतिविधी बढेको भन्दै संयुक्त विद्यार्थी संगठनद्धारा प्रदर्शन

केहि समयसम्म सडक जाम

काठमाडौं,फागुन २ । केहि समय अगाडि त्रिभुवन विद्यवविद्यालले स्ववियु निर्वाचन गनराउनका लागि गठन गरेको निर्वाचन मुल समिति अध्यक्ष सुधा त्रिपाठी सवार गाडीमा आगजनी गरिएको घटना प्रति संयुक्त विद्यार्थी संगठनहरुले आफ्नो ध्यानाकर्षण भएको जनाउदै त्यस्ता कार्यको विरोध गर्ने बताएका छन ।

संयुक्त विद्यार्थी संगठनहरुले उक्त घटनाको विरोध गर्दै अहिले विभिन्न क्याम्पसहरु अगाडी नारा सहित प्रर्दशन गरेको हरपल नेपालसँग बताएका छन ।

संयुक्त विद्याथी संगठनले सवद्यार्थीको हक,हित र अधिकारको निम्नी आठ बर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई अवरोध गर्ने किसिमको गतिबिधीहरु बढेको भन्दै त्यसको विरोधमा प्रर्दशन गरेको हो ।

माआमेवादी केन्दै निकटको अखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा ३ नम्बर प्रदेशका सह संयोजक डिबि साउदका अनुसार अहिले राजधानीका सरस्वती।अस्कल।शंकरदेव लगाएतका क्याम्पसहरु अगाडि विद्यार्थीहरुले प्रर्दशन गरिरहेका छन ।

उनले राजधानीका धेरै जसो क्याम्पसहरुमा अहिले स्ववियु निर्वाचन गतिबिधीका विर्रुद्ध आन्दोलन गरिएको र केही ठाउँमा सडक समेत जाम भएको बताए ।

स्ववियुको निर्वाचनमा तीन दलिय सिण्डिकेट लागु भएको र निर्वाचनको लागि सौहार्दपूण वातावरण निर्माण नभएको भन्दै विप्लव माओवादी निकटको अखिल क्रान्तिकारी लगाएत केही मधेशवादी दलका विद्यार्थी संगठनहरुले कार्यतालीका सुधारको माग राख्दै आएका छन ।

त्रिविले आउदो फागुन १४ गते स्ववियु निर्वाचनको लागि तयारी गरेको गरेको र उसले हिजो मतदाताको नामावली समेत सार्वजनिक गरेको थियो ।