कञ्चनपुर घटनाको विरोधमा प्रर्दशन

काठमाडौ,फागुन २७ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी र वाईसीएलले आज बिहान कञ्चनपुर घटनाको विरोधमा प्रर्दशन गरेका छन् ।

उनीहरुले माइतिघर चोकमा भएको विरोध कार्यक्रममा बोल्दै हिजो कञ्चनपुरमा भारतीय एसएसबीले गरेको गोली काण्ड नेपाली जनताको स्वतन्त्रता विरोधी हमला भएको र त्यसको सबैले विरोध गर्नुपर्ने बताएका छन ।

उक्त घटनाको विरोधमा अधिकाशं राजनीतिक दल र अखिल,नेविसंघ,नयाँ शक्ति विद्यार्थी युनियन,विप्लव निकट अखिल क्रान्तिकारी लगाएत, राजनीतिक दल निकटका विभिन्न भातृ संगठनहरु पनि विज्ञप्ती मार्फत विरोध जनाएका छन ।

घटनाको विषयमा वाइसिएलले हिजो साँझ देशभर प्रदर्शन समेत गरेको थियो ।