हरपल नेपाल डट कमको विशेष कार्यक्रमबीच उद्घाटन हुदै

आयोजकद्धारा पत्रकारलाई सम्मान

काठमार्डौ,फागुन २७ । केहि समयदेखि संचालनमा आएको अनलाईन पत्रिका हरपल नेपाल डट कमले शनिबार १२ बजे औपचारीक रुपमा,न्यूज साइटको विशेष कार्यक्रमबीच उद्घाटन गर्ने भएको छ । उक्त उद्घाटन कार्यक्रमबीच डिजिटल संचारमाध्यमको विकास,विस्तार र सुधारका लागि योगदान पुर्याएका पत्रकारहरुलाई सम्मान गरिने कार्यक्रम समेत तय भएको आयोजकले जनाएको छ ।

लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल दर्जन बढि पत्रकारहरु समावेश भएको हरपल नेपाल डट कमले आफ्नो औपचारीक उद्घाटनको कार्यक्रमबीच डिजिटल मिडियाको क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरुलाई सम्मान गर्ने जनाएको छ ।

हरपल नेपाल डट कमका अनुसार आज १२ बजे भृकुटीमण्डप स्थित रिपोर्टस क्लबमा उक्त कार्यक्रम राखिएको छ । कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आर्चाय प्रमुख अतिथिको रुपमा रहेका छन । त्यसैगरी प्रेस सेन्टरका अध्यक्ष महेश्वर दहाल,प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत,क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने,क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,अनलाईन पत्रकार सघंका अध्यक्ष शिव सत्याल,प्रेस युनियनका अजयवाबु सिवाकोटी,पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाई,प्रेस फोरमका सरोज खिलाडी,मधेसका स्वतन्त्र पत्रकार तथा प्रेस मञ्चका पूर्व अध्यक्ष विरेन्द्र लगाएतका दर्जन बढि पत्रकार सम्बद्ध संघ सस्थाका पदाधिकारीहरुको विशेष आथित्यतामा उक्त कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रममा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रममा विभिन्न संचारमाध्यममा संलग्न रहेका अनलाइन पत्रकार संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिने जनाइएको छ ।

आयोजकले भोलीको उक्त उद्घाटन कार्यक्रममा उपस्थित भै सहयोग गरिदिनका लागि सम्पूर्ण विज्ञापन दाता,पाठक,सुभेच्छुक,लेखक,बुद्धिजिवी र आम पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।

हरपल नेपाल डट कम दृष्टि मिडिया नेटवर्कद्धारा संचालित संचारमाध्यम हो । हरपलको खबर र विविध जानकारी मूलक सामाग्रीहरु सत्य,निश्पक्ष रुपमा प्रकाशन गर्ने उद्देश्यका साथ संचालन गरिएको आयोजकले जनाएको छ ।