वाग्मती सफाइ नेपाली सभ्यताको पुनर्जागरणः संयोजक भट्टरई

काठमाडौं,फागुन २८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बाग्मती सफाइ महाअभियानलाई नेपाली सभ्यताको पुनर्जागरणको संज्ञा दिए छन ।

‘राष्ट्रको ठूलो अभियानमा सहभागी बनौ भन्ने मूल नाराका साथ सुरु भएको बाग्मती सफाइ महाअभियानले २०० औं हप्ताको बाग्मती पदयात्रामा बोल्दै डा. भट्टराईले बाग्मती सफाइ अभियानलाई हाम्रो पहिचान र सभ्यतासँग जोड्नु भएको हो ।

‘वाग्मती भनेको नेपाली सभ्यताको पहिचान हो जननी हो’, उनले भने –‘यसलाई सफा र जिवीत राख्न सकेनौं भने हाम्रो नेपाली सभ्यता पनि ठूलो संकटमा पर्न सक्छ’

वाग्मती सफाइ अभियानलाई सामान्य भौतिक सफाइ अभियान मात्र नभएको भन्दै संयोजक भट्टराईले नेपाललाई समृद्ध बनाउने सपनाको शुरूवात बाग्मती सफाइबाट हुनुपर्ने धारणा राख्नुभयो । ‘आज भन्दा ४ हजार बर्ष पहिले बनेको बाग्मतीको किनारमा हाम्रो जग पहिचान बनेको छ’ उनले भने ।

नेता भट्टराईले आफू प्रधानमन्त्री हुँदा यसमा केही ईंट्टा थप्ने प्रयत्न गरेको र अहिले २०० औं हप्तासम्म आइपुग्दा पहिले भन्दा स्वच्छ भएकोमा आफुलाई गर्व लागेको पनि बताए । भट्टराईले यसलाई काठमाडौंको मात्र नभई नेपाली सभ्यता कै रक्त सञ्चार गर्ने स्थल भएको हुनाले यसलाई हामी सबै मिलेर सफाईमा सहभागी बन्नसमेत आह्वान गरे।

संयोजक भट्टराईले नेपालको पुनर्जागरण, पुननिर्मान अभियानलाई बाग्मती अभियानको रुपमा निरन्तर अघि बढाउन सबैमा आग्रह गर ।

निरन्तर वर्षाको कारण मौसम प्रतिकूल रहेको सफाई अभियानमा नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पौडेल, हिसिला यमी, केशव दाहाल, गंगानारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो भने विभिन्न सामाजिक संघसंस्था, क्लब, विद्यालय, महानगर वडा कार्यालय, राजनीतिक दल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सफाइ अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

वाग्मती सफाइ पदयात्रा सुन्दरीजल र चोभारबाट एकैसाथ सुरु गरी शंखमूलसम्म रहने वाग्मती सफाइ महाअभियानले जनाएको छ । सफाइ अभियानमा उपस्थित अभियन्ताहरुले सामूहिक रुपमा वाग्मती नदी सफा गर्न सक्छु भनेर सपथसमेत खाएका थिए ।