केन्यासँगको खेलमा नेपाली टोलीले हारेपनि दर्शकको मन हारेन

दर्शकहरु भन्छन–‘त्यो हार आगामी खेल जित्ने बलियो आधार हो’

काठमाडौं । छुट्टीको दिन, फुर्सदको समय अनि थुप्रै कामहरु थाति राखेर नेपाली दर्शक शनिवार घरेलु टोलिलाई खेल जिताउन एका विहानै किर्तिपुर क्रिकेट ग्राउन्ड पुगेका थिए । हजारौं दर्शक सिमसिमे पानीका बावजुत त्यसलाई कुनै प्रवाह नगरी हिलाम्मे मैदान स्थल पुगेका थिए । १५ हजार टिकट अघिल्लो दिनमै सकिएछि टिकट लिन छुटेका दर्शक समेत खेल हेर्ने चाजोपाजो मिलाउन व्यस्त देखिन्थेँ । विहान साढे ९ वजे सुरु हुने भनेको खेल वर्षा वाधक बनेपछि झन्डै २ घण्टा ढिलो सुरु भएको थियो । तुलनाम्मक रुपमा नेपाल भन्दा बलियो मानिएको केन्या विरुद्ध नेपाली टोलीलाई जित हात पार्न केही नयां रणनिति अपनाउनु आवश्यक थियो, साथै कप्तान पारस खड्का मैदानमा उत्रन असमर्थ भएसँगै नेपाली टोलीको केन्यासंगको भेट त्यति सहज भन देखिएको थिएन । खेलमा टस हार्नु अनि पहिले व्याटिङको निम्तो पाउनु टोलीका लागि फलदायी भएन ।

केन्यासँगको खेलमा नेपाली टोली

डिएल मेथडअनुसार केन्याले पाएको ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेटाएको हो । सुरूवातमा बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि खेलको बीचमा वर्षा भएपछि केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो, फलस्वरुप पाहुना टोलीले ५ विकेट गुमाएर लक्ष्य भेटायो ।

अन्तत नेपाली त्रिकेट टोली केन्यासंग ५ विकेटले पराजित हुन पुग्या, नेपाली टोलीले क्यान्यासँगको खेलमा हार बेहोरेपनि दर्शकको मन भने पराजित भएन । खेललाई औधी मन पराउने नेपाली खेलप्रेमि दर्शक मैदानमा अन्त्यसम्म नेपाली टोलीको हौसला वढाउन लागिनै रहे । खेल हेर्न मैदानमा प्रत्ययक्ष पुगेका सिन्धुलीका क्रिकेटप्रेमि रमेश सिहंले खेलमा पारस नभएकाले टोली हार्न पुगेको बताए । किर्तिपुर नयाँ बजारका निराजन श्रेष्ठले भने–‘टोलीको वलिगं राम्रो भएको तर पारस नभएकाले क्षति बेहोर्नुपर्यो ।’ उनले नेपाली टोलीको व्याटिगं भने चित्तवुझदो नभएको प्रतिक्रीया दिए । यस्तै नेपाली क्रिकेट टोलीका प्रशिक्षक टमाटाले भने खेलमा वर्षा वाधक भएकाले आफ्नो टोली पराजित हुन पुगेको वताए ।

खेलहेर्न पुगेको नेपाली दर्शकहरु

मैदानस्थलमा नेपाली दर्शक त थिएनै त्यसका अलवा केिह विदेशी दर्शकहरुलाई पनि देख्न पाईयो । क्यानडावाट पहिलो भ्रमण स्वरुप नेपाल आएका स्टिभ साम पनि नेपाल र केन्याबिचको खेलको मज्जा लिदै थिए । उनले दर्शकको घुईचोलाई संकेत गर्दै भने, नेपाली वास्तवमै देशप्रेमि छन् । उनले खेललाई समर्थन जनाउने तरीकानेपालीहरुलाई राम्ररी थाहा भएको प्रतिक्रीया दिए । खेलपछिको प्रतिक्रियामा केहि दर्शकले अझै पनि आफुहरुको आशा जिवीतै रहेको र दोस्रो खेलमा पनि नेपाललाई उत्तीकै हौसला प्रदान गर्नका लागि मैदान पुग्ने प्रतिक्रीया दिएका थिए । नेपालले केन्यासंग अव दोस्रो तथा अन्तिम खेल सोमवार खेल्नेछ ।

यसरी हिजोको खेलमा नेपाली टोलीले क्यान्यासँग घरेलु मैदानमै हार बेहोर्नु परेपनि त्यसलाई नेपाली दर्शकहरुले भने स्विकार गरेको देखिएन । दर्शकहरुले नेपाली टोलीले जे जसरी खेल खेलेका थिए, उनीहरुको पक्षमा हौसला प्रदान गर्न अन्तिमसम्म छाडेनन । आम नेपाली खेलप्रेमि दर्शकहरुले नेपाली खेलाडिहरुलाई गरेको त्यो विश्वास र भरोसा अनि मायाले कहिल्यै नहार्न संन्देश दिएको देखिन्छ । नेपाली खेलाडिहरुले हिजोको खेलमा बेहोरेको हार नै आगामि खेलको लागि जित्ने बलियो आधार बनेको खेल प्रेमि दर्शकहरुको भनाई रहेको छ ।