प्रधानमन्त्रीलाई पूर्व जनमुक्ति सेनाको पश्नः भारतीय विस्तारवादी नितिसँग सरकार किन झुक्दैछ ?

भन्छन–‘हामी राष्ट्रियताको रक्षाका लागि लड्न तयार छौ,के तपाई नेतृत्व गर्न सक्नु हुन्छ ?’

प्रधानमन्त्री ज्यू विदेसको भुमिबाट नमस्कार

प्रधानमन्त्री ज्यू देशको अवस्था देख्दा तपाईको नाममा यो खुला पत्र लेख्दऐ छु, यसलाई फुर्सद मिलाएर हेरिदिनुहुनेछ भन्ने मैले विश्वास गरेको छु । केही शब्दहरूले तपाईलाई गराम्रो लाग्न पुगेछ भने माफि भन्दै पत्र लेख्ने अनुमति चाहन्छु ।

दिप किरण क्षेत्री

प्रधानमन्त्री ज्यू पूर्व जनमुक्ति सेनाको हैसियतले हामी भारतको विरुद्ध लड्न तयार छौं, के तपाइ आदेश दिन सक्नुहुन्छ प्रधानमन्त्री प्रचण्ड ज्यू ? देशको भूगोल दिनानुदिन भारतले हडपेको छ, नेपाली जनतालाई नेपालमै छिरेर भारतको बर्दीधारी सीमा सुरक्षा बलका जवानहरुले निसाना गरेर गोली चलाउदै आएको छ । देशका नागरिकले असुरक्षित हुनु परिरहेको छ, भारतीय सुरक्षाकर्मिको गालीबाट नेपाली र्मारेको छ तर तपाईको सरकार बेखबर भएर बसेको किन ?

हिजो जनयुद्धकालमा हामीलाई भारतसँग सुरुङ युद्धको योजना सुनाउने तपाई यतिबेला नेपालको प्रधानमन्त्री बन्नु भएको छ, तपाईले हिजोका सबै प्रशिक्षणहरु बिर्सिनु भए छ, हो ?

भारतले नेपाली भूमी लुट्दा पनि, नेपालीलाई बिना कारण गोलि हानेर मार्दा पनि,  तपाईंको सरकारले किन भारतको खुलेर बिरोध गर्न सक्दैन ? तपाईंले नेतृत्व गरेको सरकार भारतको हितको लागि हो ? होइन भने जनतालाई यसको जवाफ चाहिएको छ ।

प्रधानमन्त्री ज्यू, तपाईं के को लागि र कस्को लागि प्रधानमन्त्रीको कुर्सीमा बस्दै हुनुहुन्छ ? तपाईलाई अलिकति पनि नैतिकता र राजनीतिक इमानदारी भएको भए,नेपाल प्रतिको माया र नेपालीको चाहनालाई बुझ्नु पर्ने हो । तपाईंलाई आफ्नो देश र जनताको अलिकति पनि माया छैन ? यदि तपाईंलाई आफ्नो देश र नेपाली नागरिकको माया छ भने भारतले नेपाली भूमी लुट्दा पनि, नेपालीलाई बिना कारण गोलि हानेर मार्दा पनि, तपाईंको सरकारले किन भारतको खुलेर बिरोध गर्न सक्दैन ? तपाईंले नेतृत्व गरेको सरकार भारतको हितको लागि हो ? होइन भने जनतालाई यसको जवाफ चाहिएको छ प्रधानमन्त्री ज्यू ।

प्रधानमन्त्री ज्यू, तपाईंले जनताको आँखामा छारो हालेर अब उम्कन पाउनुहुन्न, अब जनताले भारतको कुनै पनि नेपाली दलाललाई नमस्कार गरेर छोड्ने वाला छैन, त्यो आम नेपालीको भनाई हो,यसलाई हामी सबैले बुझ्नु पर्दछ । नेपाली जनताको खुन पसिना खाएर भारतको हितमा काम गर्ने कुनै पनि पार्टीको नेता र सरकारका मान्छेहरुलाई अब जनतले नमस्कार गर्ने वाला पनि छैनन । नेपाल नेपाली जनताको लाश र नेपालीको विरतासँग सम्झौता गर्ने कार्य कुनैपनि हालतमा हामी नेपालीलाई स्विकार्य हुन सक्दैन, हिजो तपाईले नै हामीलाई राष्ट्रियताको शिक्षा दिनुहुन्थ्यो, आज तपाई आफै त्यो लाइनबाट बदलिएको देख्दा हामी वास्तवमा आश्चर्य चकित पनि भएका छौ ।

नेपाली जनता अब आफ्नो देशको भूगोलको रक्षा गर्न हतियार बोक्न तयार छ,तर भारतीय साम्राज्यवादको विरुद्ध झुक्दैन, नेपालीको सिर काटियको छ तर नेपालीको सिर झुकेको इतिहास छैन । यदि कोहि कसैले नेपाली जनतालाई भारतीय साम्राज्यवादको अगाडि झुकाउने कोशिस गर्छ भने बिचार गरियोस् हामी पूर्व जनमुक्ति सेनाहरु फेरिपनि हतियार बोक्न तयारी छन ।

प्रधानमन्त्री ज्यू,नेपालमा बसेर भारतको रिमोटमा चल्ने दलालहरुको दाइजो होइन,यो कुरा नेपाली जनताको विरुद्धमा रहेकाहरुले राम्ररी बुझ्नु पर्दछ । आजका नेपाली जनता २०१७ सलको जस्तो छैनन । धेरै विकास र क्षमताको जनताहरुले विकास गरेका छन । नेपाली जनता यो देशका रबाजनीतिक दलहरु र सरकारका मान्छेले जे भन्यो त्यो गर्ने पक्षमा अब छैनन, जनता एस म्यान होइन,यो देशका निर्माता हुन,शक्ति हुन भनेर बुझ्न जरुरी छ । नेपाली जनता अब आफ्नो देशको भूगोलको रक्षा गर्न हतियार बोक्न तयार छ,तर भारतीय साम्राज्यवादको विरुद्ध झुक्दैन, नेपालीको सिर काटियको छ तर नेपालीको सिर झुकेको इतिहास छैन । यदि कोहि कसैले नेपाली जनतालाई भारतीय साम्राज्यवादको अगाडि झुकाउने कोशिस गर्छ भने बिचार गरियोस् , पूर्व जनमुक्ति सेनाहरु फेरिपनि हतियार बोक्न तयारी छन तर नेपाललाई झुकाएको सहन सक्दैनन, प्रधानमन्त्री ज्यू यो कुरा नबिर्सिदिनु होला ।

प्रधानमन्त्री ज्यू, हिजो तपाईले नै प्रशिक्षण दिनुहुन्थ्यो–‘नेपालमा बसेर भारतको हितमा राजनीति गर्नेहरु भारतका दलाल हुन,हामीले त्यो राज्य व्यवस्था भत्काएर जनताको राज्य व्यवस्थाको स्थापना गर्नुपर्छ । हामीले नेपाली जनताका हितमा क्रान्ति गर्नुपर्दछ ।’ तर एक नेपाली जनता भारतीय एसएसबीको गोलीबाट मारिएको छ, राष्ट्रियतामाथि खुल्यआम हमला हुदैँछ, तवाई यो देशको प्रधानमन्त्री हुनुहुन्छ तर पनि किन मौन बस्नुभएको छ ? यसले आम नेपाली जनताले तपाई र तपाईको सरकारमाथि आसंका र प्रश्न गरिरहेका छन । प्रधानमन्त्री ज्यु हामी सबैलाईलाई आफ्नो मातृ भुमिको माया हुनुपर्छ यति त्यो सच्चा नेपाली हो भने । अझै हामी पूर्व जनमुक्ति सेनाहरु त भारतले लुटेको सबै भूगोल पनि फिर्ता गर्न चाहान्छौ । भारतले नेपाली नागरिकलाई बिना कारण मारेको छ, जनताले त्यसको प्रतिवाद गर्न चाहेका छन, के तपाईं यसको नेतृत्व गर्न सक्नुहुन्छ ?

प्रधानमन्त्री ज्यू, हामी सुन्दैछौ कञ्चनपुरको घटना कुटनैतिक तवरले हल गर्ने भन्दै हुनुहुन्छ रे । तपाईंहरुको कुटनैतिक पद्दतीको कुनै अर्थ हामीले देखेका छैनौ । यसले जनताको धाउमा थप पिडा बाहेक केही दिने छैन । हाीलाई तपाईले भनेको जस्तो नक्कली कुटनैतिक सम्बन्धले नेपालको हित र जनताको सुरक्षा केहीपनि गर्दैन भन्ने लागेको छ । तपाईलाई किन र के को लागि चाहियो नेपाल भारतको कुटनैतिक सम्बन्ध ? आफ्नो देशको नागरिकलाई भारतले गोलि हानेर मारिदा तपाईंको सरकार मन्त्री मण्डल बिस्तार गर्नमा बेस्त देखियो,अब भन्नुहोस् तपाईंको सरकारबाट जनताले के अपेक्षा गर्ने ? यो देशका सफल र जनताले पनि सम्मान गर्ने उर्जा मन्त्री जनार्दन शर्मा र कुशल सरकारी सेवक कुलमान घिसिङले कहिले सम्म धान्न सक्छ तपाईंको ईज्जत् ?

हामीलाई आश्चार्य लागेको छ,तपाई कसरी बदलिनु भयो ? के पाउनु भयो र बदलामा मौन बस्नु भएको छ ? तपाई हिजोको जनयुद्धको सुप्रिम कमाण्डरको स्तरबाट एक पटक यो देशका जनताको आवाज सुनिदिनुस, के भन्दैछन जनताहरु ? यदि तपाईं पनि भारतको रिमोटबाट चल्नु भएको हो भने आज तपाईलाई सरकारको कुर्सिमा पुर्याउने जनताको त्यहि तागतले आगामी दिनहरुमा तपाईंको राजनीति भविष्य समाप्त बनाइदिने छ।

प्रधानमन्त्री ज्यू, म पुर्ब जनमुक्ति सेनाको हैसियतले तपाईंलाई विनम्र अनुरोध गर्छु । भारतसंग नझुक्नुस । हामी हिजो पनि भारतको विस्तारवादी नितिका विरुद्ध लड्न तयार भएका हौ,आजपनि लड्न तयार छौं तर भारतले नेपाली जनताको रगत पिएको टुलुटुलु हेरेर बस्न सक्दैनौं । हामीलाई आश्चार्य लागेको छ,तपाई कसरी बदलिनु भयो ? के पाउनु भयो र बदलामा मौन बस्नु भएको छ ? तपाई हिजोको जनयुद्धको सुप्रिम कमाण्डरको स्तरबाट एक पटक यो देशका जनताको आवाज सुनिदिनुस, के भन्दैछन जनताहरु ? यदि तपाईं पनि भारतको रिमोटबाट चल्नु भएको हो भने आज तपाईलाई सरकारको कुर्सिमा पुर्याउने जनताको त्यहि तागतले आगामी दिनहरुमा तपाईंको राजनीति भविष्य समाप्त बनाइदिने छ । प्रधानमन्त्री ज्यू, धेरै कुरा बोले,केही गल्ति पो भयो कि ? गल्ती भएको खण्डमा माफि सहित हमेशा नेपाल र नेपालीको भलाईमा आफुलाई समपित गर्ने बाचा सहित पत्रबाट बिदा चाहन्छु ।

( खुला पत्रका लेखक क्षेत्री,पूर्व जनमुक्ति सेनाका सिपाही हुन् । उनी हाल वैदेशीक रोजगारको क्रममा मलेसियामा सेक्युरिटि गार्डको काममा रहेका छन ।)