नरेन्द्रजंग पिटर लेख्छन-‘प्रधानमन्त्री र अर्थमन्नत्रीले एनसिएल प्रकरणमा जवाफ दिनुपर्छ’

‘अर्थमन्त्री महराको जवाफले थप अन्यौलता जन्मायो’

हरपल नेपाल । राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले प्रधानमन्त्री पुष्पकमल दहाल र अर्थ मन्त्री कृषण बहादर महराले Ncell (एनसिएल) प्रकरणमा जवाफ दिनुपर्ने बताएका छन ।

उनले अर्थमन्त्री महराको संसदिय समितिलाई दिएको जवाफले थप अन्यौलता जन्माएको भन्दै त्यसतो बताएका हुन ।

पिटरले सामाजिक संजाल (फेसबुक) मार्फत भनेका छन–‘प्रधानमन्त्री र अर्थमन्त्रीबाट एनसिएल प्रकरणामा समग्र देशलार्इ चित्त बुझदो जवाफ दिनु पर्ने भो ।अर्थमन्त्री महराको संसदिय समितिलार्इ दिएको जवाफले थप अन्यौलता जन्मायो । साच्चैको मनोयुद्दको एम्बुसमा माओवादी परेको त हैन ? मुख खोल,जस्को मुखमा भिरंगी अझै सल्केको छैन् ।’