सीमामा धर्तिपुत्र ढालिएपछि यस्तो आक्रोश…

भारतीय हस्तक्षपको विरोधमा गजलकार

बालाराम ढकाल ‘बिवश यात्री’

ढालिएका छन, धर्तिपुत्र बारम्बार सीमापारीबाट,
यता भने सत्ता पाउन हतार सिमापारिबाट ।

हस्तक्षेप हुर्दै छ किल्ला मिचिसक्यो,
के हेर्दै छ नालायक सरकार सिमापारिबाट ।

नेपाली सन्तान लडाएर जनता ढलाएर,
न छपाउ विजयको अखबार सिमापारिबाट ।

हरेक दिन पठाउँछ लाशको बाकस,
खाडिमुलुक दुबई कतार सिमापारिबाट ।

रक्तरन्जित मातृभुमीले मुटु दुखेको छ,
कति सहनु अन्याय अत्याचार सिमापारिबाट ।

(अछाम कमलबजार–६, स्याँउलेका ढकाल हाल, टिकापुर बहुमुखी क्याम्पसमा आइएसि दोश्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन । उनी साहित्यका विविध विधामा कलम चलाउने गर्दछन ।)