भारत र अस्ट्रेलियाबीचको क्रिकेटको आज अन्तिम टेस्ट जारी

भारत र अस्ट्रेलियाबीचको क्रिकेट खेलको चाथों सीरीजको अन्तिम टेस्ट आज भारतको एचपीसीए स्टेडियम धर्मशालामा सुरु भएको छ ।

भारत र अस्ट्रेलियाबीच चलेको दोस्रो दिनको खेलको अन्तीम समयसम्म भरतीय टोलीले २४८ रनमा ६ विकेटको लक्ष्य राखेको बताइएको छ ।

खेलाडि नाथन लायनले चार विकेट प्रहार गर्दै आफ्नो टीमलाई अग्रस्थानमा लगेका छन । त्यसैगरी भारतीय टीमका रिद्धिमान साहाले १० र रविंद्र जडेजाले १६रन बनाएका छन । अहिले खेल जारी रहेको छ ।

भारतीय टोली अस्ट्रेलियाले दिएको पहिलो ३०० रनको लक्ष्य भन्दा ५२ रनले पछाडि परेको छ । दोस्रो दिन संचालन भैरहेको खेलमा भारतीय टोलीले अन्तिम चरणसम्ममा ९५ रन जोडेको छ । भारतीय टोलीले केही रन जोड्न सफल भएपनि यसबीचमा महत्वपूर्ण विकेट भने गुमाउन पुगेको छ ।

भारतीय टोलीको अन्तीम भरोसा अब सेंचुरीमैन साहा र जडेजामा सिमीत रहेको हिन्दुस्तान डटकमले जनाएको छ ।