आरआरमा मतदान प्रकृया सकियोः विद्यार्थीहरुद्धारा नारावाजी,विजय र्यालीको तयारी (भिडियोसहित)

मत गणना कार्य केहीबेरमा सुरु हुदै

काठमाडौं । राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा आज भएको स्ववियु निर्वाचनको मतदान प्रकृया सकिएको छ । विभिन्न विद्यार्थी संगठनहरुको अवरोधका बिचमा उक्त क्याम्पसमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।

आज विहान सामान्य झडप भएपनि दिनभरी भने शान्तिपूर्ण रुपमा निर्वाचन भएको छ । अहिले मतदान प्रकृया सकियपछि सडकमा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु जम्मा भएर आफ्नो संगठनको पक्षमा नाराबाजी र हुटिङ गरिरहेका छन ।

विद्यार्थीहरुले आफ्नो संगठनका नेताहरुको जित सुनिश्चीत रहेको भन्दै विजयी उत्सवको तयारी गरेको बताएका छन । विद्यार्थीहरु सडकमा जम्मा भएर नाच,गान र देउडामा रमाइरहेका छन ।

अधिकाशं विद्यार्थीहरुले त्यहा अखिलको अग्रता रहेको दाबी गर्दै विजयी उत्सवको तयारी गरेको हरपल नेपालसँग बताएका छन । विद्यार्थिहरुले मतदान प्रकृया सकिएपछि सडकमा गरेको रमाइलो हरपल नेपालद्धारा तयार गरिएको भिडियो सामाग्रीमा समेत देख्न सकीन्छ ।

निर्वाचन समितिले हरपल नेपालसँग कुरा गर्दे मतदानको लागि पाँच बजेसम्मको समय दिइएको र त्यो अवधिसम्ममा १२७८ जनाले मतदान गरेको बताएको छ ।

निर्वाचन समितिले टाँसेको अन्तिम मतदाता सूचि अनुसार उक्त क्याम्पसमा तीन हजार पाँच सय एकासि जना मतदाताहरु रहेका थिए । तर मतदान प्रकृयामा भने करिब ३५ प्रतिशत विद्यार्थीहरु मात्र सहभागि भएका छन । आज भएको स्ववियु निर्वाचनमा ६५ प्रतिशत विद्यार्थीहरुले मतदान प्रकृयामा भाग लिएको देखिन्न ।

निर्वाचन समितिले मतदान प्रकृया शान्तिपूर्ण ढंगले सम्पन्न भएको र केहीबेरमा मत गणनाको कार्य सुरु गरिने जनाएको छ । मतदानको काम सकिएपछि निर्वाचन समितिले सबै मतपत्र राखिएका बुथहरुलाई सुरक्षीत रुपमा संकलन गर्ने र मत गणनाको कार्य सुरुगर्नका लागि छलफल गरिरहेको जनाएको छ ।

LOADING...