आरआरमा अखिलको सिङ्गो प्यानल विजयी 

अध्यक्षमा तपेन्द्रजंग शाही 

तस्बिरमा अखिलले स्ववियु जितेपछि सामुहिक फोटो खिचाउदै

काठमाडौं । आरआरमा मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनबाट अखिलको सिङ्गो प्यानल विजयी भएको छ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार स्ववियु अध्यक्षमा अखिलका तपेन्द्रजंग शाहीले ६९९ मत प्राप्त गरी बिजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार नेविसंघका उत्तम साथले ३६७ मत प्राप्त गरेका भने माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले ५३ मत मात्र प्राप्त गरेको छ ।

मत परिणाम अनुसार समानुपातिक तर्फ अखिलले ७७७, नेविसंघले ३५०, मा के अखिल क्रान्तिकारीले ५३, संयुक्त प्यानलले ५२, नेक्रावि संघले ५ र अखिल पाँचौंले ४ मत प्राप्त गरेका छन्।

क्याम्पसमा ३५८१ जना मतदाता रहेकोमा १२७८ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए।