स्ववियु जितेपछि आरआरमा अनेरास्ववियुको विजयी र्याली

विद्यार्थीहरुबीच खुशी साटासाट

काठमाडौं । स्ववियु निर्वाचन सम्पन्न भएपछि आज रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीहरुले विजयी र्याली सहित खुशीयाली मनाएका छन ।

क्याम्पस गेटबाट शुरु भएको र्याली पदमोदय मोड हुँदै पुन आरआर क्याम्पस अगाडी जम्मा भएर कोणसभामा परिणत भएको थियो ।

उक्त क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनबाट अनेरास्ववियुको प्यानल नै विजयी भएपछि विद्यार्थीहरुले खुशी साटासाट गर्न र्याली निकालेका हुन् ।

मंगलबार सम्पन्न स्ववियु निर्वाचनबाट उक्त क्याम्पसको सभापतिमा तपेन्द्रबहादुर शाहीको प्यानल विजयी भएको थियो । उनले ६९९ मत प्राप्त गरेका थिए ।