वैद्यको दक्षिणपन्थी प्रचण्ड लाईनः वैचारिक विचलन र पतनको बाटो

‘मध्यमपन्थीको बाटो सधै दक्षिणपन्थी नै हुन्छ’

प्रकाश नेपाली मगर

सारमा हेर्दा वैद्यले मोहन विक्रमसिंहको बाटो समाएर बैद्यले प्रचण्डको यात्रा तय गरेका छन् । मोहन वैद्य किरणलाई नजिकबाट बुझ्नेहरु भन्छन्, उनी राजनीतिक रुपमा सधै मध्यमपन्थी। तर यसपाली उनको क्रान्तिकारी माओवादी पार्टीले स्थानीय निर्वाचनमा जाने एजेण्डाको प्रमुख योजनाकार वैद्य आफै रहेको कुराले धेरै खालका प्रश्नहरु जन्मीएका छन । हुन त मध्यमपन्थीको बाटो सधै दक्षिणपन्थी नै हुन्छ । तर यसपटक दक्षिणपन्थी चुनावी लाइनको खुलेर प्रस्तावक र बहस गर्ने काम वैद्यले गरे । यसपटक उनीहरुको केन्द्रीय भेलामा सहभागी भएका ९० प्रतिशत मान्छेहरुको समर्थन लिएर वैद्यले चुनावी लाइन पारित गरे । अल्पमतमा रहेकाहरुले मसिनो स्वरमा स्थानीय निर्वाचनमा जानु हुँदैन भन्ने गरेको प्रस्तावलाई वैद्यले त्यसको ठाडो प्रतिरोध गर्दै निर्वाचनमा जाने कुरा राखे । अचम्म त यो भेलामा जनयुद्ध लडेर आएकाहरुको ठूलो पंक्ति स्थानीय निर्वाचनमा जाने पक्षमा रह्यो । बरु एकता प्रक्रियामा आएकाहरुले चुनावमा जाँदा पार्टीले कस्तो परिणाम भोग्ला ? कुनै सिटमा पनि नजिते पार्टीको भविष्य के होला भन्दै प्रश्नहरु राखे । यी लगायत थुप्रै प्रश्नको जबाफ वैद्यले निकै जोडबल लगाएर निर्वाचनमा जाने तर्कहरु पेश गरे ।

सैद्धान्तिक रुपमा माक्र्स, लेनिन र माओको क्रान्तिकारी रटान लगाउन वैद्य निकै सिपालु छन् तर त्यसलाई जब राजनीतिक, कार्यक्रमिक र कार्यान्वयनमा लैजाने कुरा आउँछ त्यो बेला उनी सधै दक्षिणपन्थी देखिन्छन् । इतिहासले सधै यस्तै देखाएको छ वैद्यको बारेमा ।

सैद्धान्तिक रुपमा माक्र्स, लेनिन र माओको क्रान्तिकारी रटान लगाउन वैद्य निकै सिपालु छन् तर त्यसलाई जब राजनीतिक, कार्यक्रमिक र कार्यान्वयनमा लैजाने कुरा आउँछ त्यो बेला उनी सधै दक्षिणपन्थी देखिन्छन् । इतिहासले सधै यस्तै देखाएको छ वैद्यको बारेमा । २०४० सालमा मशालको पाँचौं महाधिवेशनमा होस् या जनयुद्धपूर्व जनयुद्धमा जाने कार्यक्रममा होस्, वैद्य सधै मध्यमपन्थी रोलमा थिए भन्ने कुरा उनीसँग निकट रहेका नेताहरुको भनाई छ । बरु खुला र स्पष्ट दक्षिणपन्थी लाइन लिएर विचलनको बाटो समाएका मोहन विक्रम सिंह र पुष्पकमल दाहाल प्रचण्ड तुलनात्मक रुपमा इमान्दार देखिए ।

संसदीय व्यवस्था र बँचेखुँचेको क्रान्तिकारी उपलव्धिलाई यही निर्वाचनबाट अझ सुदृढ गर्न ल्याएको बाटोलाई वैद्यले वैधानिकता दिनु यो भन्दा ठुलो वैचारिक विचलन र पतनको बाटो के हुन सक्छ ? बरु माओवादी केन्द्रसँग मिलेर संसदमा जानुपर्छ भन्दै एकतामा गएका रामबहादुर थापा बादलहरु वैद्यभन्दा स्पष्ट देखिए ।

आफ्नो ४० वर्षको कम्युनिस्ट राजनीतिक इतिहासमा यसपटक वैद्यले खुलेर संसदीय व्यवस्थालाई बलियो बनाउने स्थानीय निर्वाचनको पक्षमा जाने योजना लिए ।दश वर्षे जनयुद्धले प्राप्त गरेका सारा उपलव्धिलाई ध्वस्त पारेर खडा गरिएको संसदीय व्यवस्था र बँचेखुँचेको क्रान्तिकारी उपलव्धिलाई यही निर्वाचनबाट अझ सुदृढ गर्न ल्याएको बाटोलाई वैद्यले वैधानिकता दिनु यो भन्दा ठुलो वैचारिक विचलन र पतनको बाटो के हुन सक्छ ? बरु माओवादी केन्द्रसँग मिलेर संसदमा जानुपर्छ भन्दै एकतामा गएका रामबहादुर थापा बादलहरु वैद्यभन्दा स्पष्ट देखिए । तर वैद्यले मध्यमपन्थी बाटोको सहारा लिएर दक्षिणपन्थी बाटोको खुलेआम वकालत गरे । भन्न त वैद्यले यो कार्यनीतिक प्रश्न हो भनेर कार्यकर्तालाई थामथुम पार्ने काम गर्नेछन् । माओले भनेकै छन् नि, वैचारिक रुपमा अस्पष्ट भएकाहरुको बाटो संशोधनवादी हुन्छ भनेर । वैद्य अहिले त्यही संशोधनवादी बाटो समाएर पूरानो संसदीय व्यवस्थालाई टिकाउने एउटा पात्र बन्न पुगेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियान ठोस गरिसकेको छ । यो अभियानमा वैद्यले विप्लवलाई साथ दिनेछन् भनेर धेरैले सोचेका थिए । तर उनी अन्ततः प्रचण्डको बाटोमा पुगे

संसदवादीहरुले संसदीय व्यवस्थालाई बलियो बनाउन खडा गरेको कथित निर्वाचनलाई क्रान्तिकारीहरुले आफ्नो शक्तिमार्फत् प्रतिरोध गर्नुपर्छ भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियान ठोस गरिसकेको छ । यो अभियानमा वैद्यले विप्लवलाई साथ दिनेछन् भनेर धेरैले सोचेका थिए । तर उनी अन्ततः प्रचण्डको बाटोमा पुगे । सारमा हेर्दा वैद्यले मोहन विक्रमको बाटो समाएर प्रचण्डको यात्रा तय गरेका छन् । यो दक्षिणपन्थी यात्राको निकै कुरुप र भद्धा यात्रा हो ।

(यो सामाग्री हामीले प्रकाश नेपाली मगरकोे फेसबुक वालबाट लिएका हौ ।)