डा. बाबुराम भट्टराई पाँचौ पटक गिरफ्तार परेपछि…….

प्रहरी हिरासतबाट बाबुरामको यस्तो प्रतिकृया

निर्वाचन कार्यालय घेराउको क्रममा आज प्रहरीले पक्राउ गरेपछि नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रहरी हिरासतबाटै आफ्नो जेल जीवनको बारेमा प्रतिकृया दिएका छन ।

उनले आफ्नो फेसबुकमा लेख्दै भनेका छन–‘अहिले पाँचौ पटक प्रचण्ड नेतृत्वको गणतान्त्रीक सरकारको पालामा जेल पुगियो ।’

उनले फेसबुकमा यस्तो भनेका छन–‘जीवनको पाँचौं राजनीतिक गिरफ्तारी पछि नेपाल प्रहरी २ नं गण महाराजगंजमा पहिलो २०३६ सालमा भारत सरकारद्वारा दिल्लीमा, दोश्रो र तेश्रो राजा वीरेन्द्रको पंचायती सरकारद्वारा २०४२ र २०४३ सालमा, चौथो बहुदलीय व्यवस्थामा गिरीजा सरकारद्वारा २०५० सालमा र पाँचौं गणतान्त्रिक प्रचण्ड सरकारद्वारा अहिले ।’

डा. भट्टराईको साथै क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल लगाएत विभिन्न पार्टीका ५० बढि नेता कार्यकर्ताहरु पक्राउ परेका छन ।