चैत्र २५ देखि अपरिचित आउँदैः सागर परियारको ‘मेरो मनमा’को चर्चा चुलियो (भिडियोसहित)

नयाँ कथा बस्तु समेटेको निर्माताको दाबी

हरपल नेपाल डटकम । जुना फिल्मस्को व्यानरमा निर्माण भएको नेपाली चलचित्र अपरिचित चैत्रको २५ गतेदेखि देशभरीका हलहरुमा भब्य प्रदर्शनको तयारीमा रहेको छ ।

उक्त फिल्मको प्रदर्शनीको तयारीसँगै सागर परियारको सुमधुर आवाजमा रहेको ‘मेरो मनमा लेखेको तिम्रै नाम छ’ बोलको गितले पनि यतिबेला निकै चर्चा बटुलेकोछ ।

निर्देशक रुपेश थिङको डेब्यु निर्देशन रहेको उक्त फिल्ममा मिलन लामा र जविन्द्र सुब्बा निर्माता र अमृत थिङ कार्यकारी निर्माता छन्। यसअघि निर्देशक थिङले पर्खाल,कर्म लगाएत अन्य तामाङ भाषाका फिल्महरु निर्माण गरिसकेका छन ।

एक्शन लभ स्टोरी रहेको उक्त फिल्ममा सागर परियारको गितले चलचित्रलाई थप चर्चामा ल्याएको छ । गायक सागरको उकत गितले यसअघि पनि युट्युभमा आफ्नो चर्चा कमाएको थियो ।

उक्त फिल्ममा सञ्चु थोकर लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व,प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ। फिल्मले नेपाली चलचित्र बजारमा एउटा राम्रो र नयाँपन दिने विश्वास निर्माण पक्षले गरेको छ ।

उक्त चलचित्र मार्फत प्रज्जवल गिरी, ध्रुव कोइराला, सारिका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष्ण बर्देवा लगायतका कलाकारको अभिनय देख्न पाइने छ।

उक्त चलचित्रको टेलर सो र त्यमा समेटिएको गित यस्तो छः  

LOADING...