साना मिडियाको हक,हितका लागि महासंघमा मेरो उम्मेदवारीः प्रेस चौतारी,शन्ताराम बिडारी

भन्छन–‘महासंघको नेतृत्व यस पटक पनि चौतारीकै पोल्टामा पर्छ’

हरपल नेपाल डटकमसँगको कुराकानीमा शान्ताराम बिडारी

पत्रकार महासंघ काठमाडौं शाखामा नयाँ सदस्यता छनोट लगाएत विविध विषयमा कुरा नमिलेपछि लामो समयदेखि विभिन्न पत्रकार संबद्ध संगठनहरुको नामबाट लागेको ताला खुल्यो र महासंघले योग्यता क्रममा परेका केही पत्रकारहरुलाई सदस्यताको लागि केन्द्रमा सिफारिस गरेको छ । अहिले खासगरी अलि ठूला भनिएका पत्रकार संगठनहरुले वैशाखमा हुने भनिएको महाधिवेशनमा आ आफ्नो तर्फबाट सभापति सहितका मुख्य पदमा दाबी गर्न सुरु गरेका छन । हरपल नेपाल डटकमले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका पत्रकार नेताहरुसँग छुट्टाछुट्टै वहस कार्यक्रम गरिरहेको छ । यसै क्रममा मंगलबार प्रेस चौतारीबाट काठमाडौं शाखा सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेका शन्ताराम बिडारीसँग तपाईको उम्मेदवारी किन ? एजेण्डा के छन तपाईका भनेर सोधेका छौ । प्रस्तुत छ उनीसँको कुराकानी……

१) पत्रकार महासंघ काठमाडौं शाखा सभापतिमा हुने दौडमा हुनुहुन्छ, प्रतिश्प्रर्धा कस्तो होला जस्तो लागछ ?

नेपाल पत्रकार महासंघले वैशाख ७ गते भित्र चुनाव गरिसक्ने भनेर निर्णय गरेको छ । आवश्यक तयारी मिलाएर जिल्ला समिति काठमाडौले आधिकारीक रुपमा नबताएको भएपनि बजारमा चर्चा सुनेअनुसार वैशाख आठ गते गर्ने गरी आफ्नो तयारी गरिरहेको छ । हाम्रो संगठनले मेरो नेतृत्वमा महासँघको काठमाडौं शाखामा जाने निर्णय गरेको छ । तसर्थ हामी साथीहरुसँग भेटघाट र भोट माग्ने काम पनि गरिराखेका छौ । मलाई लाग्छ, काठमाडौं शाखामा पहिले देखिनै हाम्रो प्रभाव अत्यन्त राम्रो रहेको र सबै साथीहरुले मलाई साथ,सहयोग र हौसला प्रदान गनुृ भएकाले चुनाब जित्न समस्या छैन जस्तो लागछ । तर सबै साथीहरुलार्य मिलाउर अघिबढ्ने अनि स्वतन्त्र प्रेसका लागि धेरै प्रकारका कामहरु यस शाखामा गर्नुपर्ने छ, त्यो काम गर्नका लागि भने केही असहजताहरु आउन सक्छन, हामीले आफ्नो एजेण्डा सहित प्रतिश्प्रधामा भाग लिदैछौ । यसमा हाम्रो पक्षमा सहयोग मिल्छ भन्ने विश्वास गरेको छु ।

२) सबैको राम्रा र सुन्दा आकर्षक लाग्ने नारा बोकेका हुन्छन चुनाबमा तर कार्यान्वयन तहमा त्यसको प्रभावकारीता देखिदैन । के कारणले त्यस्तो हुन्छ, के महासंघमा सक्षम साथीहरु नगएकाले त्यस्तो भएको हो ?

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा २०५६ सालमा स्थापना भएको हो । संख्याको हिसाबले मुलुक भरिको ठूलो, महत्वपूर्ण र अर्थपूर्ण शाखा मानिन्छ । नेपाली पत्रकारीता क्षेत्रका एकदम बरिष्ठ पत्रकार अग्रज दाजु किशोर नेपालले सुरुमा नेतृत्व गरेको शाखा पनि हो यो । त्यसपछि सभापतिको रुपमा विभिन्न अग्रज व्यक्तित्वहरु रहनु भयो । वरिष्ठ पत्रकार एवं क्रान्तिकारी व्यक्तित्व गोपाल बुढाथोकीले पनि यस शाखाको नेतृत्व गर्नु भयो । त्यसैगरी राष्ट्रवादी व्यक्तित्व अग्रज पत्रकार हरी लम्सालले पनि शाखाको नेतृत्व गर्नुभयो । ईश्वरी वाग्ले, युवराज विद्रोहि लगाएतले विगतमा यस शाखाको नेतृत्व गर्नुभयो ।

विभिन्न सोच,विचार र एजेण्डा बोकेका विभिन्न अग्रज पत्रकारहरुले यस शाखाको नेतृत्व गरेका छन । हिजो भन्दा आज महासंघले आफ्ना मुद्धा र कायैक्रममा विकास र विस्तार गर्दै आएको प्रष्ट छ । महासंघ काठमाडौंमा पछिल्लो १२ बर्षदेखि सदस्य हुदै अहिले अध्यक्षको रुपमा प्रेस चौतारीका गोबिन्द चौलागाईले त्यसको नेतृत्व गर्दै आउनु भएको छ । उहाँको नेतृत्वमा काठमाडौं महासंघले निकै महत्वर्पू कामहरुको सुरुवात गरेको छ । हामीले चुनावमा नाराको लागि मात्र होइन, त्यसलाई कार्यान्वयनको तहमा पुर्याएको प्रष्ट नै छ । हामी अहिले चाहन्छौ उहाँले गरेका राम्रा कामहरुलाई निरन्तरता दिदै पुराना अग्रज दाजुहरुको विरासत थाम्नु पर्छ । यी दुई कार्यकाल चौतारीले नेतृत्व गरेको हुँदा काठमाडौं शाखामा धेरै राम्रा कामहरु भएका छन । तसर्थ यसबाट पनि हामी हाम्रा एजेण्डा बाड्न होइन, कार्यान्वयन गर्नका लागि चुनाबमा जान्छौ भन्ने कुरामा सबै साथीहरुलाइृ प्रष्ट पार्न चाहन्छु ।

३) होइन, महासंघमा सदस्यता छनोटदेखि धेरै निर्णयका विषयमा विबादै बिवादको बिचमा कामहरु हुदैँ आएको देखिन्छ, तपाई त्यसलाई चिर्न सक्नु हुन्छ छ ? के छ तपाईसँग सबैलार्य मिलाउन सक्ने सुत्र ?

तपाईले भनेको जस्तो पनि बाहिर देखिने गरि केही विषयहरु बिगतमा नआएका होइनन । तथापि अत्यमा सबै साथीहरुको बिचमा मिलेरै निर्णयहरु भएका छन । काम गर्दा सबैले सबै कुरामा सकारात्मक नै सोच्नु पर्छ भन्ने पनि हुदैन तर राम्रो काम, पत्रकारीताको विकास र स्वतन्त्रताको लडाईमा विबाद हामी कसैले पनि गर्नु हुदैँन । महासंघ हामी जस्ले जिते पनि सारमा समग्र पत्रकारहरुको नै जित हुने हो । हामी सबैले प्रेस स्वतन्त्रताको पक्षमा मिलेर काम गर्नुको विकल्प छैन । यदि महासंघको नेतृत्व फेरीपनि हामीले पाएको खण्डमा हामी हिजोका काम,योजना र तरिकाहरुको समिक्षा गरेर सबैंलाई स्विकार हुने गरी सामुहिक छलफलबाट निर्णय गर्ने मुख्य सुत्रलाई आधार बनाउँछौ ।

४) चुनाब आउनै लागेको छ, तपाईले कस्ता एजेण्डा अघिसार्नु भएको छ ?

(हाँस्दै..) धेरै राम्रो प्रश्न गर्नुभयो लोकराज जी, वास्तबमा पत्रकार महासंघको काठमाडौ शाखा साना लगानीका मिडियाको शाखा हो । काठमाडौं शाखामा धेरै मासिक, साप्ताहिक, अनलाइन मिडियाहरु चलाउने पत्रकार साथीहरुले स्वरोजगारमूखि काम गर्नु भएको छ । त्यसकारण हाम्रो संगठनबाट महासंघको नेतृत्व गरीरिरहदा गोविन्दजीको टिमले सरकारले ल्याएका विभिन्न नियमहरु र त्यसमा आम पत्रकारहरुको हक,हितको विषयमा धेरै राम्रो काम गरेको छ । साना लगानीका मिडियाहरु र साना लगानीका साप्ताहिक पत्रिकाहरु पनि नेपाली भ्याटमै आउनु पर्ने नियम सरकारले ल्यायो, हाम्रो अगुवाईमा रहेको नेतृत्वले त्यसको विरुद्धमा संघर्ष गर्याे र हामीले मिडिया चलाउन भ्याट नभएनी हुन्छ भन्ने नियम कायम गर्न सफल भयौँ । दश बर्षसम्म लोक कल्याणकारी विज्ञापनको रकम बृद्धि भएको थिएन, हामी सबैको पहलपछि २५ प्रतिशत भएनी बढ्यो ।

बीचमा ठूला बिपत्ति आईपरे, भुकम्प लगाएतका वेला हामीले त्रिपालको व्यवस्था गर्यो । काठमाडौं शाखामा प्रेस चौतारीले पत्रकार महासंघ साँचिकै नेता संगठन हो भन्ने अनुभुति दिलाउने गरी काम गरेको छ । त्यति मात्र होइन भारतिय नाका बन्दीको वेलामा पत्रकारले आफ्नो रिपोटिङका क्रममा इन्धनको अभाव भएर बस्नु परेन । तसर्थ हामीले अहिले महासंघको चुनावमा साथहिरुसँग छलफल गर्दा पनि यस्तै गरी आम पत्रकारहरुलाई समान ब्यवहार गरेर,पूर्ण प्रेस स्वतन्त्रताको लागि सबैलाई मिलाएर अघि बढ्ने र साथीहरुसँग छलफल गरेर विबाद रहित ढंगले कामहरु गर्ने सोच बनाएका छौ । पहिलेको नेतृत्वले गरेका कामहरलाई निरन्तरता दिदै साना लगानीका मिडियाहरुको हकहितका क्रमबद्ध योजनाहरु लागु गराउनका लागी पनि अहिले मेरो उमेदारी हो । यसमा साथीहरुको सल्लाह अनुसार अघिबढ्ने छु ।

५) तपाईले साना लगानीका मिडियाको हकहितका आफ्नो उम्मेदवारी भएको दाबी गर्नु भयो, खासमा त्यसका लागि तपाईसँग कस्तो योजना छ ?

काठमाडौं मुलुकको राजधानी हो, यहाँ १५०० सदस्य भएको ठाउँमा बोलेको कुरा राष्ट्रिय बिषय हुन्छ । काठमाडौंमा मात्र होइन कि साना लगानीका मिडिया देशैभर छन । जीवनमरणको अस्तित्व जोगाउन गाह्रो परिरहेको अवस्थामा छन । नीतिगत रुपमा नै राज्यले साना लगानीका मिडियालाई र अर्बऔँ लगानीका मिडियालाई दुई खालको वर्गीकरण गर्न आवश्क छ । साना लगानीका मिडियालाई कसरी अगाडी बढाउने, राज्यका विज्ञापनलाई कसरी समानुपातिक ढङगले बाँढ्ने यो कुरालाई अगुवाई काठमाडौं शाखाले गर्नु पर्छ, हामीले त्यसको अगुवाई गर्ने योजना सहित नेतृत्वको लागि प्रतिश्प्रधा गरिरहेका हौ ।

पहिलो चरणमा हामी नीतिगत रुपमा राज्यलाई त्यसको लागि दबाव दिन्छौ । काठमाडौं शाखाले बोलेपछि देशभरि नै एउटै आवाज हुन्छ । २० औँ बर्षदेखि चलिआएका सानो लगानीका, साप्ताहिक, अनलाइन लगाएतका मिडियाहरु पछि ठूला लगानीका मिडिया आएपछि ओझेलमा परेका छन, तिनीहरुले व्यवसायरुपमा सफल नभएता पनि टिकाउन व्यवस्थित पार्नु पर्छ भन्ने हाम्रो माग हो । यसको लागी हामी राज्यलाई दबाव दिन्छौ र साना मिडियाको लागि न्यायिक हुने कानुन र प्रावधानमा जोड दिन्छौ । हामी समानुपातिक विज्ञापनको कुरा गर्दै छौ, ठुला लगानीका मिडियाले करोड, अरबका विज्ञापन पाउने तर साना लगानीका मिडियाले चाहिँ योगदान त्यहि ढङगले दिएको छ, नियमित सूचना दिदै आएको छ तर विज्ञापन नपाएर चल्नै गाह्रो हुने जुन अवस्था रहेको छ,हामी त्यसमा पूर्ण परिमार्जन गर्न चाहन्छो । अब लोकतन्त्रमा संघियतामा हामीले मिडियाहरुमा विभिन्न स्थान, क्षेत्र, भाषा, लिङग, आदिवासी, जनजाति यसको विकार गरेर जानु पर्छ भनेर राज्यले नै अर्गनाइजेसन गरेको कुरा हो । हामी त्यसैको आधारमा काम गछौ । यसमा आम पत्रकार साथीहरुको समर्थन रहन्छ ।

६) काठमाडौं शाखा अन्तर्गत तपाईको संगठनको अवस्था कस्तो छ, तपाईलाई यस पटक महासंघको नेतृत्वमा साथीहरुले पुर्याउछन भन्ने लाग्छ ? जीत्ने आधार के तपाईको ?

संगठनको अवस्था राम्रो छ । प्रेस चौतारीले काठमाडौं शाखामा पटक पटक अगुवाई गर्दै आएको छ । हामी फेर पनि प्रेस चौतारीले अगुवाई पाउनु पर्न भन्दै लागि रहेका छौँ । काठमाडौं शाखाका प्राय सबै क्रियाशिल पत्रकार साथिहरुको हामीलाई साथ,समर्थन रहन्छन भन्ने विश्वास गरेका छौ । जो सानो लगानीको आफ्नो मिडिया चलाएर बसि राख्नु भएको छ उहाँहरुले पनि हामीलाई साथ सहयोग रहने छ । यसरी समग्रतामा हेर्दा अहिले हाम्रो पक्षमा राम्रो वातावरण बनेको छ, यसले फेरी पनि हामलिाई नेतृत्वमा पुर्याउने छ भन्ने हाम्रो विश्वास छ ।

७) लामो समयदेखि क्रियाशिल तपाईका प्रतिश्प्रधि साथिहरु पनि हुनुहुन्छ , त्यसलाई कसरी आङकलन गर्नु भएको छ ? त्यो प्रतिश्प्रधालाई कुन रुपमा बुझ्नु भएको छ नी ?

म पत्रकार साथीहरुलाई एउटा अग्रह के गर्छु भने, तपाईहरुले योग्य भित्रको पनि योग्यतमलाई छनोट गर्नुहोला । कसैलाई म अयोग्य भन्न चाहन्न सबै साथिहरुको महत्वपूर्ण योगदान छ । जितहार जे भएनी सबै मिलेर महासंघको गरिमा बचाउने हो । स्वच्छ प्रतिस्पर्धामा गएपछि हार जीत जस्को जे भएनी त्यसलाई स्विकार गरेर मिलेर नै अगाडी बढ्नु पर्दछ, यही भन्न चाहन्छु ।