विछोडको पीडाले संञ्चारकर्मी संझनालाई एकान्तमा रुने गराएपछि…………….

भन्छिन–‘गीत, संगीत अनि पत्रकारिता जीवनको प्यास हो’

काठमाडौंविगत लामो समयदेखि पत्रकारिता गर्दै आएकी संञ्चारकर्मी संझना पौडेलले ‘एकान्तमा रुने गरायौ’ बोलको गीतमा स्वर दिएसँगै गायन क्षेत्रमा समेत चर्चामा रहेकी छिन ।

उनले वैदेशिक रोजगारीका कारण लामो समयसम्म आफन्तलाई भेट्न,देख्न नपाउँदा र असफल भएका प्रेम जोडीको मर्मलाई समेटेर तयार गरिएको यस गीतमा गहिरो भावमा डुबेर आफ्नो स्वर दिएकी छन ।

पौडेलले हरपल नेपालसँग कुरा गर्दै भनिन्–‘संगीत विनाको जीवन निरस हुन्छ, मेरा लागि गीत, संगीत अनि पत्रकारिताजीवनको प्यास हो । यसमै रमाउँदै अघि बढ्ने सोचेकी छु ।’

उनले आफ्नो गीत मार्फत समाजिक जीवनको यथार्थलाई समेट्दै सकारात्मक संन्देश दिन खोजीएको दावी गरेकी छन । नयाँ बर्षसँगै बजारमा आएको उनको गीत यतिवेला निकै चर्चामा रहेको छ ।

माया र प्रेम अनि प्रदेशिको पिडालाई समेटेर निर्माण गरिएको ‘एकान्तमा रुने गरायौं’ बोलको यस गीतमा गायक खेमराज फुयाँलको आवाज, चर्चित गायक तथा सर्जक रमेश श्रेष्ठको लय, पत्रकार महेश नेपालको शब्द र गौरव गिरीको एरेन्ज रहेको छ ।

गीतले बैदेशिक रोजगारीका कारण विदेशिएका नेपालीहरुले घरमा रहेका आफन्तजनको सम्झनामा दिन बिताउनु पर्दाको पीडालाई समेटेको छ । विछोडको पीडाले सताउदा र प्रियजनलाई भेटन नपाउँदाको पिडालाई गीतको मुख्य विषय वस्तु बनाइएको छ ।