आन्दोलनरत विद्यार्थी संगठन र शिक्षा मन्त्रीबीचको वार्ताः बढाईएको शुल्क १५ दिन भित्र फिर्ता गर्न निर्देशन (सहमतिपत्रसहित)

शुल्क फिर्ता नगरे विद्यालय दर्ता खारेज गर्ने मन्त्रालयको चेतावनी

आन्दोलनरत विद्यार्थी संगठन र शिक्षामन्त्री धनिराम पौडेलबीच वार्ता

काठमाडौं । एक सातादेखि निजी विद्यालयले बढाएको चर्को शुल्क घटाउनु पर्ने माग राख्दै आन्दोलनरत विद्यार्थी संगठन र शिक्षामन्त्री धनिराम पौडेलबीच वार्ता भएको छ ।

आन्दोलनरत विद्यार्थी संगठनले उठाउँदै आएको मागका विषयमा आफु सकारात्मक रहेको भन्दै शिक्षामन्त्री पौडेलले विद्यार्थीहरुलाई आन्दोलनका कार्यक्रम रोकेर वार्ताका लागि बोलाएका थिए ।

आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका प्रतिनीधि, नेता लगाएत शिक्षा मन्त्री एवं अन्य सरोकारवाला निकाय र ब्यक्तिहरुकोबीचमा केहीबेर अघि महत्वपूर्ण विषयमा लिखित सहमति सहित सकारात्मक वार्ता भएको छ ।

वार्तामा सहभागि अखिल क्रान्तिकारीका नेता डिबि साउदले हरपल नेपालसँग कुरागर्दै भने–‘हामीले आन्दोलनका कार्यक्रमहरु फिर्ता लियौं । मन्त्री ज्यूले हाम्रा मागको विषयमा सकारात्मक रुपमा प्रस्तुत हुनुभयो । आन्दोलनरत विद्यार्थी संगठनको जित भएको छ, चर्को शुल्क लिएका विद्यालयलाई फिर्ता गर्न मन्त्रालयले निर्देशन दिने सहमति भएको छ ।’

शिक्षा मन्त्रालयका तर्फबाट शिक्षा मन्त्री पौडेंल, शिक्षा राज्यमन्त्री धनमाया वि.क, शिक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गाै‌तम, सह सचिव हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, निर्देशक केशव प्रसाद दहाल, काठमाडौंका जिल्ला शिक्षा अधिकारी जय प्रसाद आर्चाय लगाएतका ब्यक्तिहरु सम्मितलित उक्त वार्ताबाट आन्दोलनतर विद्यार्थी संगठनसँग तीन बुँदें सहमति समेत गरेको छ ।

शिक्षा मन्त्रालय र विद्यार्थी संगठनहरुबीच भएको सहमति अनुसार आजबाट आन्दोलनका कार्यक्रमहरु फिर्ता भएका छन भने चर्को शुल्क लिएर संचालन गरिएका निजी विद्यालयहरुलाई अब १५ दिन भित्र उक्त रकम फिर्ता गर्नका लागि मन्त्रालयले कडा निर्देशन दिने भएको छ ।

सहमति पत्रमा भनिएको छ–‘शिक्षा नियमावली २०५९ तथा संस्थागत विद्यालयहरुको शुल्क निर्धारण मापडण्ड निर्देशिका, २०७२ कडाईका साथ कार्यान्वयन गर्ने । संस्थागत विद्यालयले नियमावली तथा निर्देशन विपरित बढाएको शुल्क १५ दिन भित्र फिर्ता गर्न तत्काल निर्देशन गर्ने र उक्त निर्देशा कार्यान्वयन नगर्ने विद्यालयको दर्ता खारेजीसम्मको कार्वाही गर्ने गराउने छौ ।’

त्यसैगरी शिक्षाका समसाययिक विषयमा अन्तरक्रिाया गरी शिक्षा मन्त्रालयलाई सुझाबदिन विद्यार्थी संगठनका प्रतिनिधि समेत रहनेगरी शिक्षामन्त्रालयका सहसचिवको संयोजकत्वमा संवाद समितिको गठन पनि आजै गरिएको छ ।

शिक्षामन्त्रालयसँग आज भएको वार्तामा अखिल उपाध्यक्ष सुनिता वराल, नेविसंघ उपाध्यक्ष पुष्प कुमार शाही, माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जीत तामाङ, अखिल छौटौंका केन्दीय सदस्य बसन्त खनाल, विीलव निकटको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने लगाएतका विद्यार्थी नेताहरु सम्मीलित रहेका थिए ।

संयुक्त विद्यार्थी संगठनले गत सोमबार पत्रकार सम्मेलन गरेर निजी विद्यालयहरुले मनमर्जि रुपमा शुल्क बढाएको भन्दै विराधका कार्यक्रम सार्वजनिक गरेका थिए भने हिजो मात्र साझँ पुर्न दोश्रो चरणका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।