अब गोर्खा सैनिकका छोराछोरीहरुले पनि युकेको आवासीय अधिकार पाउने

रोयल कोर्ट अफ जस्टिसको फैसलाः भिजा सम्बधी मुद्धामा गोर्खालीको जीत

लण्डन । लामो समयदेखि संघर्षरत गोर्खा भूतपूर्व सैनिकका छोराछोरीहरुले युकेको आवासीय अधिकार पाउने भएका छन ।

आवासीय अधिकार सम्बधी मुद्धामा भूतपूर्व सैनिकको पक्षमा हिजो दिउँसो ४.२० बजे रोयल कोर्ट अफ जस्टिसका न्यायधिशहरु हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले त्यसतो फैसला सुनाएको हो ।

उक्त फैसलाको बारेमा गेसो सभापति कृष्णकुमार राईले प्रतिक्रिया दिंदै भने–‘वकिलहरुले गरेको फैसला स्वागत योग्य छ । यसले गोर्खालीको जित भएको छ, यो क्षणमा हामी सबै मिलेर खुशी मनाऔं ।’

उक्त फैसलाबारे अदालतले प्रेस विज्ञप्ती सार्वजनिक गरेको थियो । उक्त फैसला सुन्न ठूलो संख्यामा गोर्खालीहरु अदालतमा पुगेका थिए ।

आवासीय अधिकार सम्बधी उक्त मुद्धा भूतपूर्व गोर्खा सैनिक बिर्ख राईका छोरा जितेन्द्र राईले त्यहाँको अदालतमा दायर गरेका थिए । गोर्खाहरूको लागि लामो समयदेखि मुद्दा लड्दै आएको ल फर्मले सो मुद्दा हो एण्ड को भन्ने वहसका बीचमा लडेको थियो ।