प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता (महाअभियोग पत्रसहित)

मन्त्रीपरिषद्को कार्यकारी अधिकार हस्तक्षेप गरेको आरोप

काठमाडौं । सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन ।

कार्यकारी अधिकारीमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आज दिउँसो सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन ।

महाअभियोगका प्रस्तावका प्रस्तावक मीन विश्वकर्माले कार्कीले संविधानको धारा ७५ अन्तर्गत मन्त्रीपरिषद्को कार्यकारिणी अधिकारमा हस्तक्षेप हुने गरि नेपाल सरकारले योग्य देखेर प्रहरी महानिरिक्षक पदमा गरेको बढुवालाई उल्ट्याएको आरोप लगाएका छन ।

आज संसद सचिवालयमा कांग्रेस र माओवादी केन्द्रका २५१ जना सांसदहरुले हस्ताक्षर सहित उक्त महाअभियोगको प्रस्ताब दर्ता गरेका छन । केहि दिनअघि प्रहरी महानिरीक्षक पदको नियुक्ति प्रक्रियामा प्रधान न्यायाधिश सुशिला कार्कीले सरकारले गरेको निर्णयलाई उल्टरएकी थिइन । उनले त्यस्तो फैसला गरेसँगै उनी विवादमा तानिएकी छन ।

प्रस्तुत छ, संसद सचिवालयमा दर्ता गर्न लेखिएको महाअभियोगको पत्रः–