प्रधानन्यायाधीस विरुद्धको महाअभियोग विवादले संसद बैठक स्थगित

स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको एमालेको दावी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीस सुशिला कार्की विरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावका विरोधमा आज दिउँसो तीन बजे बस्ने भनिएको संसद बैठक स्थगित गरेको छ।

एमालेले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै महाअभियोगको विरोध गरेर संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावलाई फिर्ता लिन सत्तारुढ दललाई दावी गरेपछि आजको संसद बैठक स्थगित भएको हो ।

सत्तारुढ दलले सदनमा दर्ता गरेको प्रधानन्यायाधीस विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिनु पर्ने एमालेको माग थियो ।

एमालेले आफ्नो मागमा अडान लगेपछि आजको संसद बैठक स्थगित गरी शुक्रबार दश बजे पुनः बैठक बस्ने जानकारी संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दिएका छन ।